रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको युक्रेनी गुप्तचरले दाबी


प्रकाशित मिति : चैत्र १३, २०७८ आईतबार

युक्रेनका मिलिटरी इन्टेलिजेन्सका प्रमुखले पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले भनेका छन्, रूस ‘उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ ।’

उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि बताए । रुसी सेनाले राजधानी किभलाई घेराबन्दी गरेको भए पनि पछिल्ला केही दिनदेखि रुसी सेना अघि बढ्न सकेको छैन ।

रुसी समर्थित लडाकुहरूले पूर्वी युक्रेनको डोनेस्क र लुहान्स्क क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका छन्। रूसले तिनीहरूलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएको छ। रुस यस्तो गर्ने एक मात्र देश हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com