राष्ट्रपति बाइडेनले युक्रेनका मन्त्रीहरूलाई भेटेर भने ,’अमेरिकाले पूर्ण सहयोग गर्ने छ’
प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार पोल्याण्डको राजधानी वार्सामा युक्रेनका विदेश तथा रक्षामन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । युक्रेनमा रुसी आक्रमणपछि बाइडेनले पहिलो पटक युक्रेनी मन्त्रीहरूसँग भेट गरेका हुन ।
युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबा र रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युक्रेन छोडेपछि जो बाइडेनलाई भेटेका थिए। यसलाई रुसी सेनाविरुद्धको लडाइमा युक्रेनको विश्वासको रूपमा हेरिएको छ।
बाइडेनले मन्त्रीहरूलाई वार्सा रेल स्टेसनको अर्को छेउमा रहेको शहरको केन्द्रमा रहेको मेरियट होटलमा भेटेका थिए। यस सहरमा युक्रेनी शरणार्थीहरू ठूलो संख्यामा आउने क्रम जारी छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले पत्रकारहरुसँग कुरा गर्दै भने बैठकले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताप्रति अमेरिकाको दृढ प्रतिबद्धता होदोर्याएको छ ।एन्टोनी ब्लिन्केन र लोयड अस्टिनले युक्रेनले मानवीय सहायता, सुरक्षा र आर्थिक सहायता प्राप्त गरिरहने बताए।
यसअघि बाइडेनले युक्रेनमा रुसी आक्रमणको दुई दिनअघि फेब्रुअरी २२ मा कुलेबासँग भेट गरेका थिए। त्यसबेलादेखि, कुलेबाले मार्च छ मा पोल्याण्डमा ब्लिन्केनलाई भेटे। ब्रसेल्समा नेटो र युरोपेली संघका नेताहरुसँग भेटेर बाइडेन पोल्याण्ड पुगेका हुन् ।






