अफगानिस्तानमा छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन


प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् । विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।

अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।

सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्यापन र रोजगारीमा बञ्चित गर्ने निर्णय सच्याउन दवाव परेको थियो । तर तालिवानी उच्च अधिकारीहरूले भने त्यतिबेला देखि नै केही समयका लागि मात्रै यस्तो व्यवस्था गरिएको र चाडै नै महिलाहरूलाई पनि अध्ययन अध्यापन गर्न दिइने प्रतिवद्धता जनाउदै आएका थिए । प्रतिवद्धता अनुसार तालिवान सरकारले गत हप्तादेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय खुला हुनुभन्दा केही घण्टा अगाडि सरकारले निर्णय उल्ट्याउदै अहिलेसम्म पनि छात्रालाई विद्यालय जान नपाइने व्यवस्था कायमै राखेको छ ।

यही २३ मार्च देखि छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएका महिला तथा अधिकारवादी सबै अहिले फेरि निराश भएका छन् । तालिवानी अधिकारीहरूको तत्कालीन प्रतिवद्धताका आधारमा कतिपय मुलुक अफगानिस्तान प्रति नरम पनि बन्दै गएका थिए । तर अहिले विद्यालयमा छात्रालाई जान दिने निर्णय कार्यान्वयन नगरेपछि भने विश्वभरबाट चिन्ता र चासो व्यक्त भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यालय जान पाउनु आफूहरूको आधारभूत मानवअधिकार भएकाले यसलाई राजनीतिक रुपमा लिन नहुने प्रदर्शनकारीहरूको भनाई छ ।

हामीलाई विद्यालय जान दे, हामीलाई न्याय दे जस्ता माग राख्दै प्रदर्शनकारीहरूले काबुलमा परेको प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले निकै महत्व दिएका छन् । उनीहरूको आन्दोलनप्रति अधिकारवादी संघ संस्था तथा निकायहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।-एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com