१५ बर्षकी बालिकालाई भेट्न ८ सय माइलभन्दा धेरै गाडी चलाएर आएका व्यक्ति टेक्सासमा पक्राउ


प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार

१५ बर्षकी बालिकालाई भेट्न ८ सय माइल भन्दा बढी गाडी चलाएर मिनिसोटाबाट टेक्सास आएका २७ बर्षका व्यक्ति प्रहरी फन्दामा परेका छन् । ती व्यक्ति अण्डरएज बालिकासँग यौन सम्पर्कका लागि नर्थ टेक्सास आएका थिए ।

बलबालिका शोषणविरुद्धको युनिटका अण्डरकभर अधिकारीहरुले १५ बर्षकी बालिकाजस्तै बनेर अनलाइनमा ती व्यक्तिसँग कुराकानी गरेका थिए । रिचार्ड जेन्किन्स दोश्रो नामका २७ बर्षका पुरुषले बालिका १५ बर्षकी भएको थाहा पाउँदा पाउँदै पनि यौन सम्पर्कका लागि ८ सय माइल भन्दा धेरै गाडी चलाएर आएका थिए ।

रिचार्डले बालिकालाई आफ्ना बाबुआमासँग एकसाताका लागि मिनिसोटामा क्याम्पमा बस्न जाने बहाना बनाउन समेत सिकाएका थिए । सोही अनुरुप उनी एकसाताका लागि बालिकालाई लिन आएका थिए । रिचार्डले च्याटका क्रममा यौन सम्पर्कको आशय स्पष्ट रुपमा बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बालिकालाई भेट्न नर्थ टेक्सासको पार्कमा पुगेका रिचार्डलाई अनुसन्धानकर्ताहरुले पक्राउ गरेका थिए । किनभने त्यहाँ कुनै बालिका थिइनन्, केबल अण्डरकभर अधिकारीहरुमात्र थिए । अण्डरएजसँग अनलाइनबाट यौन सम्पर्कको प्रयास गरेको अभियोग उनीमाथि लगाइएको छ ।

उनलाई मुद्दा चलुन्जेल सम्मका लागि २ लाख ५० हजार डलर धरौटीमा रिहा गरिएको छ । आफ्ना बालबालिकाहरुलाई अनलाइन च्याटमा निगरानी राख्न अभिभावकहरुलाई अनुरोध गरेको छ ।

अनलाइनबाट च्याट गरेर बालिकासँग यौनसम्पर्कका लागि भेट्न जाने क्रममा अमेरिकामा कैयन नेपालीहरु समेत फसेका छन् । केही नेपालीहरुले यस्ता मामलामा देशनिकालाको समेत सामना गर्नुपरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com