मेरिल्याण्डमा नेपालीको संस्था बानालाई राज्य सांसद भण्डारीको पहलमा दुई लाख ५० हजार डलर


प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गरिरहेका नेपालीहरूको संस्था बाल्टिमोर एशोसियन्स अफ नेप्लिज इन अमेरिका बानालाई
विधायिकी बण्डमार्फत् दुईलाख ५० हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। सहयोगमध्ये एक लाख २५ हजार बाना बिल बण्डका रूपमा राज्यका तर्फबाट र एक लाख २५ हजार म्याचिङ फण्डका रूपमा बाल्टिमोर काउन्टीका तर्फबाट प्राप्त भएको हो।

मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले सन् २०१९ मा यसका लागि संसदमा बिल पेश गरेका थिए । जुन एक लाख २५ हजार म्याचिङ फण्ड प्राप्त भएपछि निकाशा हुने र ७ बर्षभित्र प्रयोग गर्नुपर्नेगरी स्वीकृत भएको थियो । बाल्टिमोर काउन्टीका तर्फबाट म्याचिङ फण्ड प्राप्त भइसकेकाले अब राज्यबाट पनि रकम निकाशा हुनेछ । यो रकम सन् २०२७ भित्र प्रयोग गरिसक्नुपर्नेछ ।

बिहीबार मार्च २४ तारिख बाल्टिमोर काउन्टीले चालु खर्चबाटै म्याचिङ फण्ड बानाको खातामा जम्मा गरिदिएको छ। समुदायका लागि चालु खर्चबाटै म्याचिङ फण्ड उपलव्ध हुनु आफैंमा मानक उपलव्धी भएको भण्डारीले बताएका छन् । यस्तो उपलव्धी नेपालीका लागि पहिलो हो भने अमेरिकाका अन्य समुदायका लागि पनि सम्भवत पहिलो हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्टिमोर काउन्टीले उपलव्ध गराएको म्याचिङ फण्ड उपलव्ध भएसँगै बाना बिल बण्डको रकम पनि बैंकमा जम्मा हुनेछ । यो सँगै अमेरिकामा पहिलोपटक कुनै पनि नेपाली सामुदायिक संस्थाले राज्यका तर्फबाट लाखौं डलर बजेट पाएको छ। मेरिल्याण्ड संसदमा नेपाली समुदायको एक मात्र सदस्य भएकाले यो अभियानको प्रारम्भ गर्ने र यसलाई तार्किक निष्कर्षमा पुर्याउँने आधिकारिक व्यक्तिका रूपमा यो सुखद् खबर सार्वजनिक गर्न पाउँदा आफू निकै खुशी भएको भण्डारीले बताएका छन् ।

भण्डारीले भनेका छन् – ‘यसबाट हामीले ढिलै भए पनि नेपाली सामुदायिक संस्थालाई अमेरिकाको मूलधारसँग जोड्ने क्रमको सुरूवात गरेका छौं। र, अब हाम्रा संस्थाहरूमा हाम्रो समुदायबाट भन्दा पनि राज्यको लगानी हुनुपर्छ भन्ने भाष्य निर्माण गर्न महत्वपूर्ण सुरूवात गरेका छौं।’

बाना बण्ड बिल पारित भएर राज्यबाट एक लाख २५ हजार निकासा भएको सन् २०२० मा हो । तर त्यसका लागि म्याचिङ फण्ड खोज्नुपर्ने प्रावधान रहेकाले हामीले त्यो रकम समयमा उपभोग गर्न सकिएको थिएन । तर, अब बाल्टिमोर काउन्टीले म्याचिङ फण्ड उपलव्ध गराइदिएकाले अब बानालाई दुई लाख ५० हजार रकम उपलव्ध भएको छ।

बानाको सामुदायिक भवन दुई लाख ९८ हजारमा खरिद गरिएको थियो भने अहिले पनि संस्था ऋणमै रहेको छ। यसको स्तरोन्नतिका लागि राज्य र काउन्टीले दुई लाख ५० हजार सहयोग प्रदान गरेको छ। दुई लाख ९८ हजारको संरचनाका लागि दुई लाख ५० हजार सहयोग यो आफैंमा एक मानक सहयोग रहेको भण्डारीले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com