अडेननजिकै आक्रमण वरिष्ठ अधिकारीसहित पाँच सैनिकको मृत्यु


प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार

 

दक्षिणी सहर एडेननजिकै बुधबार भएको बम आक्रमणमा परी एक वरिष्ठ सेना अधिकारीसहित पाँच यमनी सैनिक मारिएका अधिकारीहरुले जनाएका छन् । एडेनबाट १० किलोमिटर उत्तरमा रहेको अल–मदिना अल–खाद्रा गाउँ हुँदै यात्रा गर्दा “कार बम विस्फोटमा मेजर जनरल थाबेट जावस र चार सैनिकको मृत्यु भएको एक सुरक्षा अधिकारीले एएफपीलाई बताएका छन् ।

एक स्थानीय अधिकारीले आक्रमण र मृत्यु हुनेको संख्या पुष्टि गरेका छन् । यस आत्रमणको कुनै पनि समूहले तत्काल जिम्मेवारी लिएको छैन । जावासलाई सन् २०१४ मा देशको गृहयुद्ध सुरु भएदेखि यमनका इरान समर्थित हुथी विद्रोहीसँग लड्ने प्रमुख कमाण्डरमध्ये एक मानिन्थ्यो ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार सन् २०१४ को अन्त्यमा राजधानी सानाबाट अडेनमा सारिएको थियो । हुथीहरूले जबरजस्ती बाहिर निकालेका थिए । साउदी नेतृत्वको सैन्य गठबन्धनले सरकारको समर्थनमा हस्तक्षेप गरेको मार्च २६ मा भएको सातौं वर्षगाँठको केही दिनअघि बम आक्रमण भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यमनको दक्षिण शहर एडेनमा प्रायः कारबम वा क्षेप्यास्त्र आक्रमण भएको पाइन्छ । यस आक्रमणमा अधिकारीहरूले विद्रोहीहरूलाई दोष दिन्छन् । एडेन, पृथकतावादी आन्दोलनको घर पनि हो । इस्लामिक स्टेट समूहले दाबी गरेको धेरै आक्रमणहरूको एडेनलाई लक्ष्य गरिएको छ ।

गत वर्ष अक्टोबरमा एडेनका गभर्नरलाई लक्षित गरी कारबम आक्रमणमा ६ जनाको मृत्यु भएको थियो ।गभर्नर अहमद लामलास र सरकारी मन्त्री सलेम अल–सोकोत्री दुवै विस्फोटबाट जोगिएका थिए । उनीहरूको काफिले जाने क्रममा सो विस्फोट भएको जनाइएको थियो ।

यसै महिनापछि, एडेनको एयरपोर्टनजिकै कारबम विस्फोटमा परी बालबालिकासहित कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको थियोे । त्यो विस्फोट डिसेम्बर २०२० पछिको सबैभन्दा घातक थियो । एडेनको एयरपोर्टमा क्याबिनेट सदस्यहरूलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

मन्त्रीहरू विमानबाट ओर्लने क्रममा भएको विष्फोटमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिका तीन सदस्यसहित कम्तीमा २६ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । करिब तीन करोड जनसंख्या भएको यमनको लगभग ८० प्रतिशत जनसंख्या बाँच्नको लागि सहायतामा निर्भर छ । वर्षौंको द्वन्द्वपछि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तीन लाख ८० हजार मानिसहरूको ज्यान गएको छ।

बारम्बार कूटनीतिक प्रयास गर्दा पनि दुवै पक्ष शान्ति सम्झौतामा सहमत हुन असफल भएका छन् । हुथी विद्रोहीले वार्ता अस्वीकार गरे पनि छ राष्ट्रको खाडी सहयोग परिषद्ले यस महिनाको सुरुमा यमनका युद्धरत पक्षहरूबीच साउदी अरेबियामा अर्को हप्ता सुरु हुने वार्ता आयोजना गर्न खोजेको बताएको थियो ।-एएफपी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com