नेटोले युरोपमा थप सैनिक पठाउने


प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार

उत्तर एटलान्टिक सन्धी संगठन, नेटोले पूर्वी युरोपमा थप सैन्य पठाउने जानकारी गराएको छ ।नेटोका महासचिव जेन्स स्टोल्टबर्गले पूर्वी युरोपमा थप सैनिक पठाउने विषयमा कुराकानी भइरहेको र सम्भवत नेटो आवद्ध राष्ट्रहरुले यसलाई सहमति प्रदान गर्ने बताउनुभयो ।

नेटोको आसन्न सम्मेलनको पूर्वसन्ध्यामा ब्रसेल्समा अयोजित एक पत्रकार सम्मेलनमा उहाँले सो धारणा राख्नुभएको हो ।उहाँले हाल युक्रेनमा रुसले जारी राखेको आक्रमणलाई पनि मध्यनजर राख्दै पूर्वी युक्रेनमा थप सैनिकको आवश्यकता रहेको आफ्नो बिचार व्यक्त गर्नुभयो ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभयो – मलाई लाग्छ अहिले पूर्वी युरोपमा थप सैनिक आवश्यकता छ, यो योजनालाई हामीले प्रस्तुत गर्नेछौँ र नेटो आबद्ध राष्ट्रहरुले यसलाई समर्थन गर्नुहुने छ ।

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।उहाँले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी दिनु भएको, छ ।

उहाँले बुधबार भन्नुभएको थियो– हामीले बेलायतका प्रधानमन्त्रीसँग कुराकानी गरेका छौँ र यतिखेर युक्रेनमाथि भएको रुसी हमलाका बिरुद्धमा आवश्यक सहयोगका बारेमा हामीले छलफल गरेका छौँ ।युक्रेनका राष्ट्रपति जेलिन्स्किीले आफूले बिहीबार हुन लागेको ग्रुप अफ ७ को बैठक अगाडि नै बेलायतले युक्रेनलाई केही सहयोग गर्ने विषयमा बेलायती प्रधानमन्त्री जोनसनले जानकारी गराउनुभएको बताउनुभयो ।

यसअघि नै बेलायतका प्रधानमन्त्री जोनसनले पनि युक्रेनलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।उहाँले ट्वीट गरेर युक्रेनलाई बचाउनका लागि विश्व समुदायले उसलाई सैन्य सहयोग उपलब्ध गराउनु आवश्यक रहेको पनि प्रधानमन्त्री जोनसनले विश्व समुदायलाई आग्रह गर्नुभएको थियो ।-सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com