राष्ट्रपति जेलेन्स्कीले भने, ‘नेटो र जी-७ को बैठकबाट को शत्रु ,को मित्र स्पष्ट हुनेछ’
प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार
बुधवार ढिलो जारी गरिएको एक भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ब्रसेल्समा भेला भएका पश्चिमी नेताहरूलाई भने रूसले युक्रेनका सहयोगीहरूलाई युद्धमा हस्तक्षेप गर्नबाट रोक्न आफ्नो आर्थिक शक्ति प्रयोग गरिरहेको छ।
जेलेन्स्कीले बिहीबार ब्रसेल्समा जी-७, नेटो र युरोपेली संघको शिखर सम्मेलन हुनु अघि भने,”हामीलाई थाहा छ रुसीहरूले आफ्नो हितको लागि पैरवी गर्न थालेका छन् । यो लबिङ युद्धको पक्षमा छ। हामीलाई थाहा छ उनीहरू केही साझेदारहरूसँग काम गरिरहेका छन्।”
”यी तीन शिखर सम्मेलनमा हामीले आफ्नो अडानलाई दृढताका साथ प्रस्तुत गर्नेछौं। यी तीन शिखर सम्मेलनहरूमा को साथी, को सहयोगी र कसले पैसाको लागि हामीलाई धोका दिन सक्छ भन्ने कुरा स्पष्ट हुनेछ।”
लगभग ४० प्रतिशत युरोपी मुलुक रूसी ग्यासमा निर्भर छन्। रुसमाथि प्रतिबन्ध लगाउनुअघि युरोपेली नेताहरूले ऊर्जाको वैकल्पिक स्रोत खोजिरहेका छन्।
जेलेन्स्कीले भिडियो मार्फत नेटो शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्, र विमान , एन्टी-एयरक्राफ्ट प्रणाली सहित थप अत्याधुनिक हतियारहरूको माग गर्न सक्ने अनुमान गरिएको छ । -एजेन्सी






