अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यबृद्धिपछि मासिक ३ सय डलर राहत चेक पठाउने बिल प्रस्ताव


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यबृद्धिपछि अमेरिकनहरुलाई राहत उपलब्ध गराउनका लागि राहत चेक पठाउने प्रस्ताव गरिएको छ । केही सांसदहरुले सरकारबाट राहत चेक पठाउनुपर्ने बिल प्रस्ताव गरेका छन् ।

अमेरिकामा पेट्रोलको मूल्य औषतमा ४ डलर नाघेको खण्डमा २ जना बच्चासहितको परिवारलाई मासिक ३ सय डलरको राहत चेक पठाउने बिलमा प्रस्ताव गरिएको छ । अहिले अमेरिकामा पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ४ डलर २४ सेन्टस छ । क्यालिफोर्नियाका सांसद माइक थोम्सन, कनेक्टिकटका सांसद जोन लार्सन र इलिनोयका सांसद लाउरेन अण्डरउडले यस्तो प्रस्ताव ल्याएका हुन् । तीनजना नै डेमोक्रेटिक सांसद हुन् ।

ग्यास रिबेट ऐन नामको यो बिलले हरेक परिवारलाई उर्जाका लागि मासिक १ सय डलर प्रदान गर्नेछ भने २ जना बच्चा भएको एउटा परिवारले ३ सय डलरसम्म पाउनेछन् । यो राहत सन् २०२२ भरका लागि लागु हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिल अनुशार संयुक्त वा एकल दुबै करदाताले १ सय डलर पाउनेछन् भने डिपेन्डेन्टले अतिरिक्त १ सय डलर पाउनेछन् । बार्षिक ७५ हजार डलर भन्दा कम आम्दानी हुनेहरुले यो राहत पाउनेछन् । संयुक्तरुपमा कर फाइल गर्नेहरुका हकमा १ लाख ५० हजारभन्दा कम बार्षिक आम्दानी हुनेहरुले यो रकम पाउनेछन् ।

बुधबार क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले आफ्नो राज्यमा बस्नेहरुका लागि हरेक गाडीको ४ सय डलरका दरले राहत चेक पठाउने प्रस्ताव गरेको बताएका छन् । एकजनालाई बढीमा २ वटा गाडीको ८ सय डलरसम्म पठाउने प्रस्ताव गरिएको छ ।

क्यालिफोर्निया राज्य संसदबाट यो प्रस्ताव पारित भइसकेपछि आगामी जुलाईसम्म क्यालिफोर्नियाका बासिन्दाले यो रकम प्राप्त गर्ने अपेक्षा गरिएको छ । बुधबार अमेरिकाको क्यालिफोर्नियामा पेट्रोलको औषत मूल्य प्रति ग्यालेन ५ डलर ८७ सेन्टस पुगेको थियो ।

मूल्यबृद्धिका कारण यो बर्ष एउटा परिवारका लागि औषतमा बार्षिक खर्चमा २ हजार डलर बढी खर्च हुने अनुमान गरिएको छ । सन् १९८२ मा भएको मुद्रास्फीतिका कारण एउटा परिवारले बार्षिक औषतमा १ हजार डलर बढी खर्च गर्नुपरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com