कोरियामा भिसा सकिएपछि कार्यरत कम्पनीमा फेरि जान पाउने


प्रकाशित मिति : असार ६, २०७४ मंगलबार

असार ६, २०७४- दक्षिण कोरियामा चार वर्ष १० महिना कार्यअवधिको भिसा सकिएपछि कार्यरत कम्पनीमै आउन पाउने इपिएस कामदारको पुनः प्रवेश सम्झौता गर्न सकिने समय थपिएको छ । यस्ता कामदारले भिसा अवधि सकिनेभन्दा ९० दिनअघि नै पुनः प्रवेश सम्झौता लिन सकिने भएका छन् । यसअघि ७ देखि ३० दिनअघि मात्र पुनः प्रवेश सम्झौता लिन सकिन्थ्यो ।

यही जुन ७ तारिखदेखि कोरियाको मानव संशाधन केन्द्र (एच.आर.डी) कार्यालयले सो परिवर्तित नियम लागू गरिसकेको सहजकर्ता श्याम खड्काले जनाएको छ । ५० जनाभन्दा कम कोरियन कामदार भएको कम्पनीमा सुरुदेखि नै कम्पनी परिर्वतन नगरेका कामदारले सो सुविधा पाउन सक्ने छन् । सुरुदेखि नै एउटै कम्पनीमा भिसा अवधिभर काम गरेका कामदारलाई जेहेन्दार कामदारको रुपमा कम्पनीले चाहेमा पुन ४ वर्ष १० महिना अवधिको भिसासहित बोलाउन सक्ने प्रावधान रहेको छ ।

पुनः प्रवेश सम्झौता लिन सकिने म्याद थपिएपछि भिसा नसकी कुनै कारणवस चाँडै नेपाल फर्कन परे कम्पनीले चाहेमा पुनः प्रवेश सम्झौता गरी नेपाल जान सकिने  छ । यदि कम्पनीकै कारण कम्पनी परिर्वतन गर्नुपरेका कामदारले पनि यस्ता सुविधा लिन पाउने छन् । तर, सो कम्पनीमा काम गरेको १ वर्ष पुगेको हुनुपर्ने छ ।

आफैंले कम्पनी परिवर्तन गरेका कामदारको लागि भने यो सुविधा छैन । यस्ता कामदारले भने स्वदेश फर्केपछि कम्प्युटर बेस (सिविटी) परीक्षा दिएर पुनः कोरिया आउन सक्नेछन् । तर, हाल नेपालमा सिविटी परीक्षा स्थगित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com