रुसलाई जी-२० बाट हटाउने बिषयमा चीनको कडा प्रतिक्रिया


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

विश्वका शक्तिशाली राष्ट्रहरूको समूह जी–२० बाट रुसलाई बाहिर राख्ने पश्चिमी देशहरूको विचारप्रति चीनले प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेम्बिनले बुधबार पत्रकार सम्मेलनमा जी–२० मा कुनै पनि देशलाई अन्य देशलाई बहिष्कार गर्ने अधिकार नभएको बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिका र अन्य पश्चिमी देशहरूले रुसलाई जी–२० बाट बाहिर निकाल्ने विचार गरिरहेका छन्।

यो रिपोर्टमा भनिएको छ कि पोल्याण्डले मंगलबार अमेरिकी अधिकारीहरूलाई रुसको सट्टा यस गुटमा राख्ने सुझाव दिएको थियो र उनीहरूले यसमा ‘सकारात्मक जवाफ’ पाएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जी–२० विश्वका ठूला अर्थतन्त्रहरूको समूह हो जसले विश्वलाई असर गर्ने विषयहरू जस्तै विश्वव्यापी अर्थतन्त्र, जलवायु परिवर्तन र विकासमा मिलेर काम गर्ने लक्ष्य राख्छ।

यदि रुस बाहिरियो भने, पश्चिमाद्वारा लगाइएको आर्थिक प्रतिबन्धमा अझ वृद्धि हुनेछ। यद्यपि भारत, चीन र साउदी अरब जस्ता जी–२० राष्ट्रहरूले यसमा रुसको समर्थनमा भिटो गर्न सक्छन्।

केही विश्लेषकहरू भन्छन्, जी-७ को पश्चिमी गठबन्धनले यस वर्ष जी-२० बैठक बहिष्कार गर्नेछ। यस पटक इन्डोनेसियाको नेतृत्वमा रहेको र यसबारे चेतावनी दिइएको बताइएको छ। जकार्ताले यस विषयमा अहिलेसम्म कुनै सुनुवाइ गरेको छैन।

रुस पनि जी-७ देशको सदस्य थियो। २००० मा सामेल भएपछि यसलाई जी-८ नाम दिइएको थियो तर २०१४ मा क्राइमियाको विलयपछि निकालिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com