चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो
प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार
(220322) — TENGXIAN, March 22, 2022 (Xinhua) — Rescuers search for the black boxes at a plane crash site in Tengxian County, south China’s Guangxi Zhuang Autonomous Region, March 22, 2022. Rescuers are making all-out efforts to retrieve the black boxes of a passenger plane that crashed in south China’s Guangxi Zhuang Autonomous Region Monday afternoon, an official with the Civil Aviation Administration of China (CAAC) said Tuesday night. (Xinhua/Zhou Hua)
चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन ।- सिन्ह्वा






