रुसले माउरिपोललाई‘नरक’बनायो,बाँच्नका लागि मानिसहरु रेडिएटरको पानी पिउन र भुस्याहा कुकुर खान बाध्य


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

रुसी आक्रमणपछि युक्रेनका मानिसहरूले आफ्नो जीवनका सबैभन्दा खराब दिनहरूको सामना गरिरहेका छन्। पुटिनको सेनाले मारिउपोल सहरलाई पूर्ण रूपमा ध्वस्त पारेको छ र महिला-बालबालिकालाई निशाना बनाइएको छ । समाचार अनुसार यो भग्नावशेष सहरका बालबालिका भोक र तिर्खाले ग्रस्त छन् । तिर्खाएका बालबालिकालाई रेडिएटरको पानी पिउन र मरेको जनावर खान बाध्य पारिएको छ ।

के अस्पताल, के बंकर, मारिउपोल सहर अहिले फोहोरको थुप्रो बनेको छ । रुसले अमानवीय अवस्थामा छोडेको दक्षिणी युक्रेनी सहरमा दुई लाख भन्दा बढी मानिस अझै फसेका छन् । रुसी सेनाले सहरको मध्यभागमा आक्रमण गरिरहेको छ । ह्युमन राइट्स वाचले सहरलाई ‘लाश र भवनहरूको भग्नावशेषले भरिएको बरफको नरक’ भनेको छ।

फाइनान्सियल टाइम्ससँग कुरा गर्दै स्थानीय नागरिकले भनेका छन, ‘भोकले ग्रसित जनता बाँच्नको लागि भुस्याहा कुकुर खाइरहेका छन् । खाद्यान्नको निकै ठूलो संकट छ । ‘

डिहाइड्रेशनको कारण तीन बालबालिकाको मृत्यु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

द सनको रिपोर्ट अनुसार, व्यापारी दिमित्रोले भने, ‘तपाईले चीजहरू सुन्नुहुन्छ तर विश्वास गर्न असम्भव छ, तर यो वास्तवमा भइरहेको छ। यो पृथ्वीको नरक हो।’

मारिउपोलकी एक महिला भिक्टोरियाले भनिन्,डिहाइड्रेशनको कारण मृत्यु भएका तीन बालबालिकालाई मैले चिन्छु ।’ बीबीसीसँग कुरा गर्दै भिक्टोरियाले भनिन्, यो २१ औं शताब्दी हो र मेरो सहरका बालबालिका डिहाइड्रेसनका कारण मरिरहेका छन् । उनीहरु भोकले पिडित छन् । मेरो सहर पूरै ध्वस्त भएको छ र हामी सबै घरबारविहीन छौं।  ”सबै भवनहरू ध्वस्त भएका छन् र  आक्रमणहरू अझै जारी छन्,’उनले भनिन। मानिसहरू बंकरमा लुकेका छन् तर तिनीहरू त्यही नै मारिएका छन्।”

जनतासँग पानी छैन । केही दिनअघि हामीले पानीका लागि बरफ जम्मा गरेका थियौं। एक पत्रकारले आफ्नो ट्विटमा लेखेका छन्, ‘शहरबाट डरलाग्दो समाचार आइरहेको छ ।  तिर्खाएका मानिसहरूले रेडिएटरबाट पानी पिइरहेका छन् र भोकाएकाहरूले कुकुरहरू खाइरहेका छन्।

रिपोर्टका अनुसार ३० वर्षीया अनास्तासिया तरानले रुसको कब्जामा रहेको इरपिन सहरमा पुटिनका क्रूर सैनिकहरूले महिलालाई बलात्कार गरिरहेको आरोप लगाएकी छन् ।यसअघि युक्रेनकी विदेशमन्त्रीले पनि रुसी सेनाले युक्रेनी महिलामाथि यौन दुर्व्यवहार गरेको खबरको पुष्टि गरेका थिए ।-एजेन्सी

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com