फिलिपिन्समा विदेशी पर्यटकलाई सहजै प्रवेश दिन राष्ट्रपतिको निर्देशन


प्रकाशित मिति : चैत्र ९, २०७८ बुधबार

फिलिपिन्समा विदेशी पर्यटकहरुलाई सहजै प्रवेश गर्न दिन राष्ट्रपति रोड्रिगो डुटेर्टेले निर्देशन दिनु भएको छ ।कोरोनाभाइरसका कारण विदेशी पर्यटकहरुको प्रवेशमा कडाइ गरिदै आइएकोमा अहिले महामारी कम भएकाले अव खुकुलो बनाउनु पर्ने उहाँको भनाई छ ।

विदेशी पर्यटकहरुका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उहाँले बताउनुभयो ।“विदेशी पर्यटकहरु आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,” उहाँले जारी गर्नु भएको निर्देशनमा उल्लेख गरिएको छ ।

निर्देशनमा उहाँले सोमबार हस्ताक्षर गर्नु भएको हो । उहाँले कोरोना सम्वन्धी अन्य प्रतिवन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिनुभएको छ ।देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरु ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिनु भएको छ ।

फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण तीस लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने ५८ हजार २८१ जनाको मृत्यु भएको विवरण छ । देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये ७२।४९ प्रतिशतले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरुको दाबी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com