चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनको अमेरिकालाई आग्रह


प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार

चीनले मङ्गलबार मानवअधिकार उल्लङ्घन भएको भन्दै संयुक्त राज्य अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा चीनले अमेरिकी अधिकारीहरूमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको छ । अमेरिकी भनाइ वैचारिक पूर्वाग्रह र राजनीतिक रूपमा झूटो भएको भन्दै अमेरिकाले विभिन्न बहानामा चीनको बदनाम गर्ने र चिनियाँ अधिकारीहरूमाथि अनावश्यक दबाव दिने गरेको चीनले बताएको छ ।

अमेरिकाले केही चिनियाँ अधिकारीहरुमाथि अल्पसंख्यक समुदायमाथि अत्याचार गरेको आरोपमा अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा गरेपछि चीनको यो प्रतिक्रिया आएको हो । अमेरिकी विदेश मन्त्रालयले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यकलाई दमन गरेको भन्दै त्यस्तो प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यस्तो प्रतिबन्ध लगाईएका चिनियाँ अधिकारीहरुको संख्या र परिचय भने खुलाइएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले धार्मिक तथा आध्यात्मिक समुदाय, अल्पसंख्यक, मानवअधिकारकर्मी, पत्रकार, ट्रेड युनियन, नागरिक समाज र तथा शान्तिपूर्ण विरोध जनाउनेहरु विरुद्धनीति निर्माण गर्ने तथा दमन गर्नेप्रति निर्णय लक्षित रहेको बताउनुभएको छ । ब्लिंकेनका अनुसार यो संख्या निकै ठूलो हुन सक्ने छ ।

अमेरिकी अधिकारीहरुले चीनको सिञ्चीयान प्रान्तमा कम्तिमा दश लाख उइगुर मुस्लिमहरुलाई बन्दी बनाईएको दावी गर्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त राज्य अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भन्दै यो दुईपक्षीय सम्बन्धका लागि गलत नजीर हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार भेटमा बताउनुभयो । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अमेरिकी सोचको दृढतापूर्वक विरोध गर्ने वाङले बताउनुभयो ।

उहाँले मानव अधिकारको संरक्षणका नाममा अन्य मुलुकको मानवअधिकारलाई कमजोर पार्ने काम गर्नुको साटो आफ्नै प्रणालीगत र दीर्घकालीन मानवअधिकारका समस्याहरूको सामना गर्न र त्यसको समाधान गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्नुभयो । वाङले भन्नुभयो, “यदि संयुक्त राज्य अमेरिकाले मानव अधिकारको वकालत बन्द गरेमा विश्वमा मानव अधिकारको स्थिति राम्रो हुनेछ ।” एजेन्सी/फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com