अमेरिका र फिलिपिन्सद्वारा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्युक्त युद्ध अभ्यास


प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार

 

फिलिपिन्स र संयुक्त राज्य अमेरिकाले अर्को हप्ता द्वीपसमूह राष्ट्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यास शुरु गर्न लागेको अमेरिकी अधिकारीहरूले मङ्गलबार जनाएका छन् । बढ्दो चिनियाँ प्रभाव सामु आफ्नो बलियो रक्षा सम्बन्ध देखाउँने अभिप्रायले सो अभ्यास गर्न लागिएको विश्लेषण गरिएको छ।

 

लगभग ९,००० फिलिपिनो र अमेरिकी सैनिकहरूले लुजोनको मुख्य टापुमा १२ दिनसम्म सो युद्धाभ्यासमा भाग लिनेछन् । मार्च २८ मा शुरु हुने उक्त अभ्यासमा सामुद्रिक सुरक्षा, लाइभ फायर तालिम, आतङ्कवाद प्रतिरोध, मानवीय सहायता र विपद् राहतलगायत अन्य कुराहरू समेटिने अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

“(दुबै पक्षले) साझा रणनीति, प्रविधि र प्रक्रियाहरू विस्तार र अगाडि बढाउन सँगै तालिम दिनेछन् जसले हाम्रो प्रतिक्रिया क्षमता र वास्तविक-विश्व चुनौतीहरूको लागि तत्परतालाई बलियो बनाउँछ,” अमेरिकी तेस्रो समुद्री डिभिजनका कमाण्डर मेजर जनरल जे बार्गेरोनले बताएका चन् । लामो समयका सहयोगीहरू बीचको हालैका युद्धाभ्यासहरू दक्षिण चीन सागरमा सम्भावित द्वन्द्वमा केन्द्रित देखिन्छन् ।

 

चीनले विवादित चट्टानहरूमा कृत्रिम टापुहरू निर्माण गरेर र तिनीहरूमा हतियारहरू स्थापना गरेर आफ्नो अडानलाई बलियो बनाएको आरोप लाग्ने गरेको छ । फिलिपिन्स, ब्रुनाई, मलेशिया, ताइवान र भियतनामले पनि पानीमाथि दावी गर्दै आएका छन्। फिलिपिन्सले चिनियाँ नौसेनाको जहाजलाई आफ्नो द्वीपसमूहको पानीमा अवैध रूपमा तरिरहेको दाबी गरेपछि मनिला र बेइजिङ बीचको तनाव गत हप्ता बढेको थियो ।

 

यो सैन्याभ्यास युक्रेनमा रुसी आक्रमणको बीचमा हुन लागेको छ जहाँ अमेरिका र यसका सहयोगीहरूले कीभलाई रक्षात्मक हतियारहरू उपलब्ध गराउँदै आएका छन् र मस्कोमाथि आर्थिक प्रतिबन्ध पनि लगाएका छन्। राष्ट्रपति रोड्रिगो डुटेर्टेले सोमबार फिलिपिन्स संयुक्त राज्य अमेरिकासँगको सुरक्षा गठबन्धनका कारण द्वन्द्वमा “संलग्न” भएको बताएका छन् । सो गठबन्धनमा पारस्परिक रक्षा सन्धि र अमेरिकी सेनालाई फिलिपिन्सको आधारहरूमा रक्षा उपकरण र आपूर्तिहरू भण्डारण गर्न अनुमति समावेश छ। -एएफपी/फाईल फोटो

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com