संयुक्त राष्ट्रसंघको महासभाले युक्रेनका विषयमा पुनः मतदान गर्ने
प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार
संयुक्त राष्ट्र संघको महासभाले युक्रेनसम्बन्धी प्रस्तावको मस्यौदामा बुधबार मतदान गर्दैछ । महासभाका प्रवक्ताका अनुसार युक्रेनमा रुसको विशेष सैन्य कारबाही शुरु भएयता यो दोस्रो यस किसिमको प्रस्ताव हो । ‘
महासभाको ११ औं आपतकालीन विशेष सत्र महासभाका अध्यक्ष अब्दुल्ला शाहिदले पुनस् शुरु गर्न अनुरोध गर्ने पत्र प्राप्त गरेपछि आयोजित हुनेछ ।
प्रवक्ता पाउलिना कुबियाकले एक इमेलमा पत्रकारहरूलाई सम्प्रेषण गरेअनुसार युक्रेन र अन्य सदस्य राष्ट्रहरूद्वारा प्रायोजित मस्यौदा प्रस्ताव पेश गरिएको छ र छलफलको प्रक्रियामा छ।
कूटनीतिक स्रोतका अनुसार संयुक्त राष्ट्रसंघको नयाँ मस्यौदा प्रस्तावमा मानवीय अवस्थालाई केन्द्रित गर्दै नागरिक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि विशेष आह्वान गरिएको छ।
पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु
पूर्वी युक्रेनको युद्धग्रस्त शहरमा रुसी आक्रमणमा परी पाँच व्यक्तिको मृत्यु भएको र थुप्रै घाइते भएको कीभका एक अधिकारीले मङ्गलबार भने बताएका छन् ।
डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो । घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
युक्रेनको पूर्वमा अवडिभ्का सन् २०१४ मा स्वघोषित गणतन्त्रको नियन्त्रणमा परेका मस्को समर्थक पृथकतावादीहरूको राजधानीको छेउमा छ।
युक्रेनले रुसी सेनाले फेब्रुअरी २४ मा मस्कोले आफ्नो पश्चिमा समर्थक छिमेकीको सिमानामा सेना पठाएपछि चिकित्सा सुविधा, आवासीय क्षेत्र र बम आश्रयस्थललाई अन्धाधुन्ध रूपमा निशाना बनाएको आरोप लगाएको छ।
यता रुसले भने जानाजानी नागरिकहरूलाई निशाना बनाएको अस्वीकार गर्दै युक्रेनी सेनाले नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ । डेनिसोभाले टेलिग्राममा उल्लेख गरे अनुसार खार्किभ क्षेत्रमा रुसी ट्याङ्कले नागरिक चिन्ह लगाइएको कारलाई निशाना बनाएको र तीन वयस्क र एक बालक मारिएका छन्।-एएनआई /सिन्ह्वा






