बेलायत कसरी बन्यो रुसी अर्बपतिको अड्डा ?
प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार
‘रेड स्क्वायर’ नाम चिनिने मध्य लन्डनको बेलग्रेभिया क्षेत्रमा ईटन स्क्वायरमा पाँच तले भवन छ । सो भवनमा टेनिस कोर्टदेखि निजी बगैँचा छ । तर यो मस्कोको प्रसिद्ध रेड स्क्वायरको सामुु केही पनि होइन । तर, यी दुवै स्थानमा एक विशेष कुरा के छ भने यहाँ ठूलो संख्यामा रुसी बस्छन् ।
विगत १ दशकभन्दा अघि देखि रुसीहरुले इटन स्क्वायर सहित कयौँ नजिकको क्षेत्रमा कयौँ लाख डलरको सम्पत्ति किनेका छन् । बेलग्राभिया मार्चको मध्यमा रुसी पैसाको विरुद्धमा लन्डनमा प्रदर्शनको केन्द्र बनेको थियो ।
प्रदर्शनकारीको एक समूहले बेलग्रेभ स्क्वायरको नम्बर ५ भवन कब्जा गरेका छन् । यो १ करोड डलरको सम्पत्ति ओलेग देरिपस्कासँग जोडिएको छ । उनको पनि भ्लादिमिर पुटिनसँग सम्बन्ध रहेको छ । यो सम्पत्ति राख्न बेलायती सरकारकातर्फबाट सहमति पनि दिइएको थियो ।
यो आलिशान बंगलाको भ्यालबाट एक प्रदर्शनकारीले आफूले यो भवन युक्रेनबाट आएका शरणार्थी राख्नका लागि प्रयोग गर्ने रिपोर्टरलाई बताएका छन् । एक युवाले भने,‘यो सम्पत्ति युक्रेनी शरणार्थीलाई दिइयोस् ।’
‘बेलायतको कानुनी प्रणाली नै वास्तविक कारण थियो’

भ्रष्टाचारविरोधी संगठन ट्रान्सपरेन्सी इन्टरनेशनलले बेलायतको सम्पत्तिमा कमसेकम १.५ अर्ब पाउन्ड अर्थात् २ अर्ब डलरको पहिचान गरेको छ, जुन रुसीसँग सम्बन्धित छ । उनीहरुसँग सम्पत्ति कहाँबाट आयो भन्ने कुनै कारण नै छैन । साथै यो सम्पत्तिको रुससँग सम्बन्धित गरिएको छ । तर, रुसी अर्बपतिहरुले केवल लन्डनमा मात्रै होइन प्रिमियर लीग फूटबल जस्तै चेल्सी एफसी, स्कटल्यान्डमा ठूलो सम्पत्ति र यहाँसम्म कि लन्डन इभिनिङ स्ट्यान्डर्ड जस्ता मीडिया आउटलेट पनि किनेका छन् ।
‘लन्डनग्रयान्डःफ्रम रसिया विथ केस, द इनसाइड स्टोरी अफ द ओलिगाक्र्स’ का लेखक मार्क हलिङग्सवर्थले भनेका छन्,‘यी सबैको सुरुवात १९९० को दसकको अन्त्यमा भएको थियो ।’ निजीकरणका साथै धेरै पैसा कमाएपछि केही धनीवर्ग जस्ता मिखाइल खोदोरकोव्स्कीले आफ्नो पैसा रुसबाट बाहिर निकाल्न चाहन्थे । किनकी उनीहरुलाई दुःख दिन सकिन्थ्यो ।
‘यसैले उनले आफ्नो सम्पत्ति विदेशी कम्पनी, विदेशी कोषमा स्थानान्तरण गर्न सुरु गरे । यही प्रक्रियामा उनको सम्पत्ति लन्डन पुग्यो । उनले यहाँ सम्पत्ति किने, लगानी गरे र बैंक खातामा पैसा राखे,’ मार्कले बताएका छन् । जानकारका अनुसार रुसी कुलिनको प्रवाह २ पटक ठूलो संख्यामा भएको थियो ।
पहिलो पटक १९९०मा जब बोरिस येल्नसिनको सरकारको अवधिमा ठूलो सरकारी स्वामित्व भएका कम्पनीको मुनाफाको सट्टा केही छनौटमा परेका धनीलाई कम मूल्यमा बिक्री गरिएको थियो । दोस्रो पटक भ्लादिमिर पुटिनको सम्पर्कको माध्यमबाट उनीहरुको लगानीलाई बढाइयो ।
२००० को दसकको सुरुवातमा कयौ कुलिनलाई पुटिन सरकारद्वारा सताउने डर थियो । यसमा खोदोरकोव्स्की जस्ता मानिस थिए । उनी रुसकै सर्वाधिक धनी व्यक्ति थिए र फोब्र्सका अनुसार विश्वका सबैभन्दा धनी मानिसको सूचीम पनि पर्थे । तर १९९० को दसकमा उनी कर छलेको आरोपमा परे र उनको सबै शक्तिले काम गर्न सकेन ।
लगभग १ दसक जेलमा बिताएपछि खोदोरकोव्स्की निर्वासनमा गए । उनका अनुसार आपूm पुटिनको नेतृत्वमा काम गर्ने भ्रष्ट अधिकारीको शिकार भएका हुन् । मार्क हालिङग्सवर्थ भन्छन्,‘राजनीतिक उत्पीडनबाट बच्नका लागि ओलिगार्कले लन्डनमा आफ्नो नयाँ थलो बनाए र यो पैसा सबैभन्दा सुरक्षित रुपमा राख्ने भएको उनले पाए ।’
लगानीको विरासत
लन्डन विश्वविद्यालयका कानूनका प्राध्यापक कोजो कोरम तर्क गर्छन् कि लन्डनमा विदेशी ‘फोहोर पैसा’को प्रवाह पुरानो हो।
यस वर्षको जनवरीमा, कोरमले आफ्नो पुस्तक ‘अनकमन वेल्थ: ब्रिटेन एन्ड द आफ्टरमाथ अफ एम्पायर’ प्रकाशित गरे, जसमा उनले बेलायतको शाही सम्पदाले यसको कानुनी र वित्तीय प्रणालीलाई कसरी असर गरेको छ भनेर ब्याख्या गरेका छन् ।
उनले सँगको कुराकानीमा भने, ‘लन्डनले रुसीहरूका लागि मात्र होइन, साउदी अरेबिया, नाइजेरियाली कुलीन र चिनियाँ अरबपतिहरूका लागि पनि ढोका खोलेको छ। तिनीहरू सबैले लगानीका लागि लन्डनलाई विदेशी गन्तव्यको रूपमा प्रयोग गर्छन्। ब्रिटिश साम्राज्यको पतन पछि शहरको पुनर्स्थापनामा यसले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
‘ब्रिटिश ओभरसीज टेरिटोरीहरू, केम्यान टापुहरू, ब्रिटिस भर्जिन टापुहरू र बर्मुडाहरू लगानीको प्रमुख स्रोत हुन् जुन हाल विश्वको तीन ठूला कर हेभनहरू छन्।’
के ‘लन्डनग्राड’ समाप्त हुन्छ ?

बेलायतका एक हजार रुसी, कम्पनी र अन्य व्यापारिक संस्थामाथि प्रतिबन्ध लगाइएको छ । यसमा ५० भन्दा बढी कुलीन वर्ग र तिनका परिवारहरू समावेश छन्। उनीहरुको कुल सम्पत्ति १०० अर्ब पाउण्ड हुनेछ । यस पछि मानिसहरूले लन्डनग्राड समाप्त हुन सक्छ भन्ने महसुस गर्न थाले।
प्रतिबन्ध लगाइएकामा चेलेसा एफबीका मालिक रोमन अब्रामोविच, अलिगार्च ओलेग डेरिपास्का र रुसी बैंक भिटीबीका अध्यक्ष आन्द्रे कोस्टिन रहेका छन् । उनको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको छ ।
बेलायती सरकारले यी व्यक्तिहरूको व्यापारिक साम्राज्य, सम्पत्ति र सम्पर्कहरू रसियासँग नजिकको सम्बन्ध रहेको बताएको छ। तर, अब्रामोविचले यसलाई अस्वीकार गरेका छन् । ‘अधिकांश कुलीनहरू लन्डनमा कहिल्यै बसेका छैनन्, तर तिनीहरूको सम्पत्ति र पैसा यहाँ छ,’होलिंग्सवर्थ भन्छन्। उनले यहाँ समय बिताएका छन् । छोराछोरीलाई पढाउनुभयो । तर अब प्रतिबन्धहरू लन्डनग्राडको अन्त्यको संकेत हो। ,
ओलिगार्क र पुटिनलाई समर्थन गर्ने रूसी व्यवसायीहरूको विरोध बढ्दै गएको छ। अब यहाँबाट निस्केर आफ्नो पैसा कतै लुकाउनुपर्छ भन्ने लाग्छ । ,कोजो कोरुम विश्वास गर्छन् कि सरकारले रूसी अलिगार्चहरूमाथि कारबाही गर्न थप काम गर्नुपर्नेछ।
‘परिवर्तन वास्तविक हुनुपर्छ,’उनी भन्छन्। कानुनी परिवर्तनले मात्र सहयोग गर्दैन। विदेशी पैसा निम्त्याउने राजनीतिक दृष्टिकोणमा पनि परिवर्तन हुनुपर्छ । यसका साथसाथै बेलायतले ओभरसीज टेरिटोरीका बारेमा पनि आफ्नो दृष्टिकोण परिवर्तन गर्नुपर्नेछ । ,
यद्यपि, रूसी अलिगार्चका लागि समस्याहरू खडा भएका छन् जसले मेफेयरका सबैभन्दा विलासी रेस्टुरेन्टहरू भ्रमण गर्छन् र बेलग्राभियाको निजी बगैंचाहरू भ्रमण गर्छन्। यस समयमा टेम्समा लन्डनग्राडो र मस्कोको ‘ब्रिटिश ड्रीम’ समाप्त हुने तगारमा देखिन्छ। कथित ‘पुटिन युद्ध’का कारण यसले ठूलो झट्का भोगेको छ । -बिबिसिबाट






