रुसद्वारा किभको सपिङ मलमा क्षेप्यास्त्र प्रहार, ८ जना नागरिकको मृत्यु


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गर्दा  ८ जना सर्वसाधारण नागरिकको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् ।

रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरुमासमेत क्षति भएको थियो । विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरुलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com