अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनलाई अदालती सुनुवाईविना डिपोर्ट गर्ने नीति खारेज


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

अमेरिका आएको दुईबर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पक्राउ गरेर अध्यागमन अदालतमा पेश नगरीकनै तीब्र गतिको देशनिकालामा राख्ने ट्रम्प प्रशासनको नीति बाइडेन प्रशासनले खारेज गरिदिएको छ । सन् २०१९ को जुलाई २३ मा सुचना प्रकाशित गरेर ट्रम्प प्रशासनले अदालती सुनुवाईविना नै तीब्र गतिमा देशनिकाला गर्ने नीति ल्याएको थियो ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेर मार्च २१ सोमबारदेखि लागु हुनेगरी पहिलेको नीति खारेज गरेको हो । ट्रम्पकालिन नीति खारेज भएपछि अमेरिकामा दुईदशकदेखि अभ्यास हुँदै आएको नीति नै पुन कार्यान्वयनमा आएको छ ।

अमेरिकी सिमाक्षेत्रको एकसयमाइलभित्र पक्राउ परेका र अमेरिका आएको दुईसाता पूरा नभएका कागजपत्रविहिनलाई अदालती सुनुवाईविना देशनिकाला गर्न सकिने प्रावधान रहेकोमा अबदेखि यही प्रावधान नै लागु हुनेछ । ट्रम्प प्रशासनले यो प्रावधानलाई बदलेर १४ दिनको साटो २ बर्ष बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्प प्रशासनको उक्त नीतिले एकसय माइलको प्रावधान पनि हटाएको थियो । जसका कारण अमेरिकाको जुन सुकै स्थानमा परिवारसहित बसेका कागजपत्रविहिनहरु पनि जोखिममा परेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com