यूक्रेनबाट ३५ लाख मानिस विस्थापित: राष्ट्रसंघ


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।

त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी  सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो ।

यूक्रेनमा छिमेकी ठूलो मुलुक रुसले गत फेब्रअरी २४ देखि आक्रमण गरेको हो । आक्रमण र वार्ता अहिले पनि जारी छ । तर वार्ताले नतिजा दिन सकेको छैन ।

“पछिल्लो झण्डै चार हप्ता विश्वको ध्यान यूक्रेनतर्फ केन्द्रित भएको छ, यसलाई चिन्ताको विषयको रुपमा लिइएको छ,” यूएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले भन्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com