रुस-युक्रेन संकट : अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार पोल्याण्डको भ्रमण गर्ने


प्रकाशित मिति : चैत्र ७, २०७८ सोमबार

US President Joe Biden arrives at the Democratic National Committee (DNC) Winter Meeting at the Washington Hilton in Washington, DC, March 10, 2022. (Photo by Nicholas Kamm / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडेन नेटो र ईयूका सहयोगीहरूसँग भेट गरेपछि शुक्रबार पोल्याण्डको भ्रमण गर्ने ह्वाइट हाउसले जानकारी दिएको छ । युक्रेनमा जारी युद्धको मानवीय प्रतिक्रियाबारे छलफल गर्न बाइडेनले पोल्याण्डका राष्ट्रपति एन्ड्रेज डुडासँग वार्सामा भेट गर्नेछन्।

ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपति बाइडेनले रुसको आक्रमणबाट युक्रेनमा भएको मानवीय र मानवअधिकार सङ्कटलाई अमेरिकाले आफ्ना सहयोगी र साझेदारहरूसँग छलफल गर्नेछन्।’ ,

सोमबार बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री मारियो ड्राघी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोन वार्ता गर्ने कार्यक्रम छ।

बुधबार बाइडेन नेटो र युरोपेली परिषद्को शिखर सम्मेलनमा भाग लिन ब्रसेल्सको यात्रा गर्दैछन्।  ह्वाइट हाउसका प्रवक्ताले बाइडेनले आफ्नो भ्रमणका क्रममा युक्रेन भ्रमण गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com