यूक्रेन संकट : केमिकल प्लान्टबाट अमोनिया लीक, मानिसहरूलाई सो क्षेत्र छोड्न चेतावनी


प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार

रुसको आक्रमणपछि युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रहेको एक रासायनिक प्लान्टबाट अमोनिया लिक भएको छ । सुमीका गभर्नर दिमित्रो जाभ्यात्स्कीले यो जानकारी दिएका छन् ।

 

जाभ्यात्स्कीले सुमिखिमप्रोम प्लान्टको पाँच किलोमिटर दायरा भित्रका बासिन्दाहरूलाई ग्यास खतरनाक भएकाले क्षेत्र छोड्न आग्रह गरेका छन्।

यद्यपी, यो किन र कसरी भयो भन्नेबारे उनले खुलाएका छैनन् । दिमित्री जाभ्यात्स्कीले टेलिग्राम मार्फत स्थानीय समय अनुसार ४:३० बजे ग्यास लिक भएको बताए।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com