युक्रेन-रुस संकट : अमेरिकाको चेतावनीपछि आयो चीनको प्रतिक्रिया,रुसको सहयोगमा यसो भन्यो


प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार

अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको युद्धमा चीनले रुसलाई हातहतियार वा गोलाबारुद सहयोग नगर्ने बताएका छन् । तर चीनले दुई देशबीच जारी संकट अन्त्य गर्न हरसम्भव प्रयास गर्नेछ।

वास्तवमा, अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चेतावनी दिएका थिए ‘ यदि चीनले रसियालाई युद्धमा मद्दत गर्न सैन्य उपकरणहरू दिन्छ भने उसले यसको ‘परिणाम’ भोग्नुपर्नेछ।’

अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङको यो भनाई बाइडेनको भनाइपछि बाहिर आएको हो । चीनले गत साता रुसलाई हतियार दिन हिचकिचाउने छैन भनी सार्वजनिक भएको रिपोर्टलाई अस्वीकार गर्‍यो, यद्यपि चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना भने गरेन।

अमेरिकी च्यानल सीबीएससँग कुरा गर्दै, गैंगले भने पश्चिमा देशहरुबाट गरिहेको  सार्वजनिक निन्दाले  मद्दत  मिल्दैन यहाँ ‘राम्रो कूटनीति’ आवश्यक छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com