अमेरिकाको सर्वोच्च अदालतका ७३ बर्षका न्यायाधिस थोमस अस्पताल भर्ना


प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार

अमेरिकाको सर्वोच्च अदालतका ७३ बर्षका न्यायाधिस क्लारेन्स थोमस अस्पताल भर्ना भएका छन् । फ्लुको जस्तो लक्षणहरु देखिएपनि उनलाई अस्पताल भर्ना गरिएको वक्तव्यमा जनाइएको छ ।

उनलाई सिब्ली मेमोरियल अस्पताल वासिंटनमा भर्ना गरिएको जनाइएको छ । परीक्षण गर्दा संक्रमण देखिएका कारण उनलाई इन्ट्राभेनस एन्टीबायोटिक चलाइएको अस्पतालले जनाएको छ ।

उनका लक्षणहरु कम हुँदै गएको र उनले आराम अनुभव गरेको अस्पतालले जनाएको छ । उनलाई केही दिनमा नै डिस्चार्ज गर्नसकिने जनाइएको छ ।

६ जना रुढीवादी र ३ जना प्रगतिशील न्यायाधिसहरु रहेको सर्वोच्चमा थोमस अत्यन्तै रुढीवादी न्यायाधिसमा पर्छन् । उनलाई जर्ज बुसले नियुक्त गरेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com