युक्रेनी नागरिकलाई नियन्त्रणमा लिएर जबरजस्ती रूस लगिएको छ : मारिउपोल सिटी काउन्सिल
प्रकाशित मिति : चैत्र ६, २०७८ आईतबार
युक्रेनको मारिउपोल सिटी काउन्सिलले एक विज्ञप्ति जारी गर्दै मारिउपोलका बासिन्दाहरूलाई उनीहरूको इच्छाविपरीत रुस लगिएको दाबी गरेको छ भने एक सांसदले ती मानिसहरूलाई रुसको दुर्गम क्षेत्रमा लगिएको दाबी गरेका छन्
सिटी काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नियन्त्रणमा लिएर युक्रेनका नागरिकहरूलाई रुस जान बाध्य पारिरहेका छन्। गत हप्तामा मारिउपोलका हजारौं बासिन्दालाई रुसी भूभागमा सारिएको छ। पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादीहरूले आइतवार भनेका छन् मार्च ५ यता माउरिपोलबाट २९७३ मानिसहरूलाई रसियामा लगिएको छ, जसमा ५४१ युक्रेनीहरू पनि छन्।
मारिउपोल सिटी काउन्सिलले जारी गरेको विज्ञप्तिमा ‘रूसका दुर्गम क्षेत्रहरूमा’पठाउनु अघि युक्रेनीहरूको मोबाइल फोन र कागजातहरू रूसी सुरक्षाकर्मीहरूले जाँच गरेको दाबी गरेको छ।





