टेक्सासमा भएको भीषण आगलागीमा ५० घर ध्वस्त, ५ सय घर खाली, ४५ हजार एकडमा फैलियो आगो


प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार

अमेरिकाको मध्य टेक्सासमा जंगली आगो फैलिदा कम्तीमा एकजनाको मृत्यु भएको छ । बिहिबार बेलुकादेखि आगलागी फैलिएको भागिरहेका व्यक्तिलाई सघाउने क्रममा प्रहरी अधिकारी बारबारा फेन्लेको मृत्यु भएको जनाइएको छ ।

४५ सय एकड भन्दा धेरै क्षेत्रमा फैलिएको आगलागीमा ५० घर ध्वस्त भएका छन् भने झण्डै ५ सय घर खाली गराइएको छ । डलास फोर्टवर्थको पश्चिम क्षेत्रमा आगोको लप्का फैलिएको थियो ।

अग्नी नियन्त्रकहरुले संरचना र भवनहरु जोगाउने प्रयत्न गरेको र विमानबाट पानी फ्याकिएको जनाइएको छ । त्यस्तै आगो निभाउने रसायन समेत आकाशबाट फ्याकिएको थियो ।

टेक्सासका गभर्नर ग्रेग अबोटले शुक्रबार प्रकोप घोषणा गरेका छन् । आगोबाट प्रभावित ११ काउन्टीमा उचित सहायता उपलब्ध गराउनका लागि प्रकोप घोषणामा हस्ताक्षर गरिएको हो । थप काउन्टीहरु पनि सुचीमा समावेश हुनसक्ने गभर्नरको भनाई छ ।

हावाहुरी र सुख्खापनका कारण आगलागी खतरापूर्ण रहेको गभर्नरले बताएका छन् । राष्ट्रिय मौषम सेवाले सप्ताहन्तभर सिटीको पश्चिम क्षेत्रका कैयन काउन्टीमा आगलागी थप फैलिनसक्ने चेतावनी दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com