अमेरिकाका २४ राज्यमा उच्च संक्रामक बर्ड फ्लु, डेढ करोड कुखुरा मारिदै


प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार

अमेरिकाका विभिन्न राज्यमा कुखुरामा उच्च संक्रामक र घातक एभियन फ्लु फैलिएको छ । अहिलेसम्म २४ वटा राज्यमा यो बर्ड फ्लु भेटिएको छ ।

आयोवामा कुखुरा फार्महरुमा बर्ड फ्लु पुष्टी भएपछि झण्डै ५३ लाख कुखुराहरु मारिने भएको छ । आयोवामा अण्डा दिने कुखुराको फार्ममा बर्ड फ्लु पुष्टी भएको छ ।

यसभन्दा अगाडि आयोवाको ५० हजार टर्की भएको एउटा फार्ममा बर्ड फ्लु पुष्टी भएको थियो । जसका कारण ती टर्कीहरु नष्ट गर्नुपर्ने अवस्था आएको छ ।

पछिल्लो रिपोर्ट अनुशार अमेरिकाका विभिन्न राज्यमा फैलिएको बर्ड फ्लुले डेढ करोड भन्दा धेरै कुखुरा र टर्कीहरु मार्नुपर्ने अवस्था आएको छ । जंगली चराहरुको सिगानबाट बर्ड फ्लु फैलिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com