युक्रेनीमा हाइपरसोनिक मिसाइल प्रयोग गरेको स्वीकार गर्दै रुसले भन्यो,’हतियार भण्डार ध्वस्त गर्‍यौं ‘


प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार

रुसको रक्षा मन्त्रालयले पश्चिमी युक्रेनमा रहेको भूमिगत हतियारको भण्डारलाई नष्ट गर्न हाइपरसोनिक मिसाइल प्रयोग गरेको बताएको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनको इभान-फ्राङ्किभस्क क्षेत्रमा रहेको हतियारको भण्डार  यस हमलाबाट ध्वस्त भएको छ ।

युक्रेन युद्धका बेला रुसले हाइपरसोनिक मिसाइल प्रयोग गरेको स्वीकार गरेको यो पहिलो पटक हो । रुसको रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाको क्षेप्यास्त्र र हवाई हतियार राखेको ठाउँमा निशाना बनाएर आक्रमण राखिएको थियो।

हाइपरसोनिक मिसाइलहरू अति उन्नत मिसाइलहरू हुन् जुन माथिल्लो वायुमण्डलमा यात्रा गर्दछ। यस्ता क्रुज मिसाइलहरू ध्वनीभन्दा पाँच गुणा छिटो चल्छन्।

रुसका अनुसार युक्रेनको विरुद्धमा प्रयोग गरिने किन्जल मिसाइलले दुई हजार किलोमिटर टाढासम्म नष्ट गर्न सक्छ । यी क्षेप्यास्त्रहरूले सबै प्रकारका हावा र मिसाइल प्रतिरक्षा प्रणालीलाई चक्मा दिन सक्ने रुसको दाबी छ तर रुसको यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com