अमेरिकी थिंक ट्याङ्कको चेतावनी : ‘युद्धले ४ करोडभन्दा बढी मानिसलाई चरम गरिबीतर्फ धकेल्नेछ’
प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार
युक्रेनमा रुसको आक्रमणले विश्वलाई नै असर गरिरहेको छ । २४ फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व खाद्य र ऊर्जाको मूल्य आकाशिएको छ।
अमेरिकी थिंक ट्याङ्क, ‘सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सीजीडी) ले चेतावनी दिँदै भनेका छन् , अहिले जसरी मूल्य वृद्धि चुलिएको छ, यसले विश्वभरका करिब ४ करोड मानिसलाई चरम गरिबीमा धकेल्ने छ ।
सीजीडीले पूर्व सोभियत क्षेत्र कृषि व्यापारको लागि कसरी महत्त्वपूर्ण छ भनेर पनि औंल्याउँछ। रूस र युक्रेनले विश्वको २९ प्रतिशत गहुँ उत्पादन गर्दछ।विश्वमा उत्पादित कुल मलको छैटौं भाग रूस र बेलारुसबाट आउँछ।
सीजीडीले युद्धको झट्का व्यापक रूपमा महसुस हुनेछ तर गरिब देशहरूमा झन बढी असर पर्नेछ। सीजीडी विज्ञहरूले जी- २० लगायतका अन्न उत्पादकहरूले आफ्ना बजारहरू खुला राख्नु पर्छ र उनीहरूमाथि कुनै प्रतिबन्ध लगाउन नहुने सल्लाह दिइरहेका छन्।
यसैबीच, सरकार र अन्तर्राष्ट्रिय संस्थाहरूले मानवीय आवश्यकताहरूको लागि द्रुत रूपमा कार्य गर्नुपर्छ।






