अमेरिकाको मेरिल्याण्ड राज्य संसदको तल्लो सदनबाट दशैं विधयेक पारित


प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधयेक पारित भएको छ । शुक्रबार विहान पारित विधयेकका पक्षमा १२३ र विपक्षमा ५ मत खसेको थियो ।

मेरिल्याण्ड संसद अधिवेशनमा जनवरीमा राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले दशै विधेयकलाई औपचारिक रूपमा प्रस्तुत गरेका थिए । नेपालमा उत्पति भै धेरैजसो दक्षिण एसियाली देशहरू र डायस्पोरामा मनाइने यो चाडलाई औपचारिक मान्यताका लागि भण्डारीले संसदमा प्रस्तुत गरेका थिए ।

विधयेक पारित भएपछि डेलिगेट भण्डारीले भनेका छन् – ‘अन्तत: हामीले अमेरिकामा नेपाल र नेपालीको पक्षमा एउटा इतिहास बनाएका छौं। बधाई हामी सबैलाई !’

‘विधेयक पारित हुनु भनेको दशैले नेपालमा उत्पति भएको असत्यमाथि सत्यको विजय भएको खुशीमा मनाइने एक सांस्कृतिक चाडका रूपमा मान्यता पाउँनु हो। यस विधेयकमा हरेक वर्ष अक्टोबर ५ मा दशैं डे मनाइने भनिएको छ।’-  भण्डारीले भने ।

यो एउटा एउटा कठिन र लामो संघर्षबाट प्राप्त सफलता भएको र यसका लागि सबै धन्यवादका पात्र रहेको उनको भनाई छ ।

भण्डारीले भनेका छन् -‘यो खुशीको खबर सुनाइरहदा म नाटककार गोपालप्रसाद रिमालले भन्नुभएको एउटा बहुचर्चित भनाइ सम्झिरहेको छु, एक जुगमा एक दिन एकपटक आउँछ। साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com