एडीबीका प्रतिनिधिमण्डललाई सीबीफीनको ढाका टोपी


प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार

 

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सीबीफीन)ले एशियाली विकास बैंक ९एडिबी०का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ । नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा बैंकका प्रतिनिधिमण्डलले पनि प्रसन्नता व्यक्त ग¥यो ।

नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो । नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गर्नुभयो । नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त ग¥यो ।

एडिबी प्रतिनिधिमण्डलको साझा धारणा थियो, “यही कारण त नेपाल अन्य देशभन्दा फरक छ । न्यानो आथित्यताका लागि आभार प्रकट गर्छौँ ।” सो अवसरमा वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो । एडीबीले व्यावसायिक प्रवद्र्धनका लागि परिसङ्घसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण एसिया मामिला हेरिरहनु भएका एडीबीका उपमहानिर्देशक परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर लगानी प्रवद्र्धन गर्न तथा विश्वव्यापी बजार अवसर, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

“साना तथा मझौला व्यवसायीलाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्छ, अनि मात्र उनीहरूले दिगोरूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न सक्छन् । त्यसबाट ठूलो रोजगारी सिर्जना हुने हुनाले ती उद्योगलाई वित्तीय पहुँच, बजार र पूर्वाधारसँगै सीपको सहयोग गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक भएकाले उनीहरूलाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट व्यवसाय प्रवद्र्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठूलो सहयोग पुग्ने उहाँको सुझाव थियो ।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिँदै त्यसका लागि नीति निर्माणका साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो ।

सो अवसरमा परिसङ्घका अध्यक्ष गोल्यानले हालको आर्थिक सङ्कटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गर्नुभयो । त्यसबाट तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने उहाँको भनाइ थियो ।

उद्यमीले पनि कोरोनाका कारणले थला परेका उद्योग पूर्णक्षमतामा सञ्चालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको भन्दै उहाँले कठिन समयमा देशका वाणिज्य बैंकले उपभोग गर्न सक्ने अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको बताउनुभयो ।

हाल नेपालको आयात ४२ प्रतिशत बढीले बढेको छ । विप्रेषण न्यून छ र शोधनान्तर पनि रु दुई खर्ब ४७ अर्ब तीन करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न ऋणमा पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक रहेको उहाँको भनाइ थियो ।-रासस

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com