टेक्सासमा १३ बर्षको बालकले ट्रक चलाउँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ४, २०७८ शुक्रबार

अमेरिकाको टेक्सासमा १३ बर्षको बालकले ट्रक चलाउँदा भएको दुर्घटनामा ९ जनाको मृत्यु भएको छ । ती बालकले चलाएको ट्रकले भ्यानलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा एकजना गल्फ प्रशिक्षक र उनका ६ जना विद्यार्थीहरु समेत रहेका छन् ।

गाडी चलाउने बालक र उनीसँगै यात्रा गरिरहेको अर्का व्यक्तिको पनि मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ट्रकले लेन छाडेर अर्को लेनमा रहेको गल्फ प्रशिक्षकसहितका व्यक्ति चढेको भ्यानलाई ठक्कर दिएको थियो ।

गाडीहरु कुन गतिमा गुडिरहेका थिए भन्ने प्रष्ट भएको छैन । तर उक्त क्षेत्रमा अधिकतम ७५ माइल प्रतिघण्टासम्म गाडी चलाउन पाउने नियम रहेको छ । यद्यपी गाडी ओभरस्पीड रहेको अनुमान गरिएको छ । गाडी ठोक्किएपछि उछिट्टिएर आगो समेत लागेको थियो ।

१३ बर्षको बालकलाई किन गाडी चलाउन दिइएको थियो भन्नेबारे पनि प्रष्ट भएको छैन । ट्रकमा अर्का ३८ बर्षका टेक्सासका पुरुष पनि थिए, जसको मृत्यु भएको छ । मृत्यु हुने प्रशिक्षक २६ बर्षका टेलर जेम्स रहेका छन् । बालकको परिचय खुलाइएको छैन ।

टेक्सासमा १४ बर्षका व्यक्तिले चालक शिक्षाको कक्षा कोठाको शिक्षा लिनसक्ने प्रावधान रहेको छ । तर उनीहरु १५ बर्ष नपुग्दासम्म गाडी चलाउन सिक्ने लर्नर लाइसेन्सका लागि आवेदन दिन सक्दैनन् । घटनाबारे अनुसन्धान भइरहेको टेक्सासका गभर्नरले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com