अमेरिकाको मिजौरीमा ७० वटा गाडी एकैठाउँ दुर्घटना हुँदा ६ जनाको मृत्यु


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

अमेरिकाको मिजौरीमा अन्तरराज्य राजमार्गमा ७० वटा गाडी एकैठाउँमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी मिजौरीको आई ५७ राजमार्गमा भएको उक्त दुर्घटनाका कारण बिहिबार राजमार्ग दुबैतर्फ बन्द गरिएको थियो ।

दुर्घटनामा २० वटा भन्दा धेरै ट्रकहरु एकआपसमा ठोक्किएका थिए । झण्डै आधा माइलसम्मका गाडीहरु दुर्घटनामा परेका थिए । आफूले यस्तो प्रकारको दुर्घटना अहिलेसम्म नदेखेको सर्जेन्ट जेफ किन्डरले बताएका छन् । दुर्घटनामा कैयन घाइते समेत भएका छन् ।

मृतकको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन । पहिले सनाखत गरेर परिवारलाई जानकारी गराएपछिमात्र नामहरु सार्वजनिक गरिने अधिकारीहरुले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको र बाटो सफा गर्नका लागि राजमार्ग बन्द गर्नुपरेको जनाइएको छ ।

मृतकको संख्या योभन्दा बढ्ने अपेक्षा गरिएको छैन । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । तर कुहिरोका कारण दुर्घटना भएको विश्वास गरिएको छ । दुर्घटना चाल्र्सटन सिटी नजिकै भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com