अमेरिकाको पेन्सिलभेनियामा ४ बर्षीयले पेस्तोल खेलाउँदा गोली लागेर मृत्यु, दाजुबिरुद्ध हत्याअभियोग


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

अमेरिकाको पेन्सिलभेनियामा ४ बर्षको बालकको हातमा पेस्तोल पुगेपछि खेलाउने क्रममा आफैलाई गोली लागेर मृत्यु भएको छ । बालकको मृत्युपछि उनका १८ बर्षका दाजुविरुद्ध आशयविनाको हत्याको अभियोग लगाइएको छ ।

प्रहरीका अनुशार रोमन ओगुलेरा आर्टिज नामका कोट्सभिल निवासी बालकले भरेको पेस्तोल उनका दाजुको बेडरुमको टेबुलबाट उठाएका थिए । त्यसपछि उनले दुर्घटनावश हतियार पड्काउँदा मृत्यु भएको थियो । बालकका दाजु भिक्टर लारा ओर्टिजले मंगलबार आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

घटनाको बेलामा भिक्टर लारा ओर्टिज घरमा थिएनन् । तर उनले आफ्नो बेडरुमको ढोका खुला छाडेका कारण बालक कोठाभित्र पसेर पेस्तोल निकालेका थिए । बालकलाई सजिलै बन्दुकमा पहुच कायम गर्नबाट रोक्न नसकेकोमा दाजुबिरुद्ध प्रहरीले अभियोग लगाएको हो ।

जब लारा १७ बर्षका थिए, त्यतीबेला ३१ बर्षका विलियम थोमस भन्ने व्यक्तिले उक्त पेस्तोल ल्याएका थिए । उनीबिरुद्ध पनि लारा ओर्टिजका लागि गैरकानूनी रुपमा बन्दुक किनेको अभियोग लगाइएको छ । माइनरलाई हतियार दिएको र गैरकानूनी हतियार खरिदको प्रयास गरेको अभियोग उनीबिरुद्ध लगाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विलियम थोमस भन्ने व्यक्ति विगतमा अपराधमा दोषी ठहर भएका कारण बन्दुक किन्नमा रोक लगाइएको थियो । तर आवेदनमा गलत विवरण दिएर उनले बन्दुक किनेको जनाइएको छ । गत फेब्रअरीमा १५ मा उनले बन्दुक पाउन सफल भएका थिए । त्यसको १ दिनपछि लारा ओर्टिजलाई उक्त बन्दुक दिइएको थियो ।

यसै साता शिकागोमा पनि यस्तै प्रकारको घटना भएको थियो । तीन बर्षको बालकले दुर्घटनावश बन्दुक चलाउँदा बच्चाकी आमाको मृत्यु भएको थियो । शिकागोको डोल्टनमा पार्किङ लटमा रहेको गाडीभित्र बालकले अन्जानमा गोली चलाएका थिए ।

बालककी आमालाई तत्काल अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । बालकले बन्दुक भेट्टाएर पड्काउँदा उक्त कारमा परिवारमा सदस्यहरु रहेका थिए ।

बालकका बाबुलाई प्रहरीले हिराशतमा लिएको छ । बन्दुकको स्वामित्व बालकका बाबुसँग रहेको र बालकको हातसम्म बन्दुक पुग्ने अवस्था आएकोमा बाबुलाई प्रहरीले हिराशतमा लिएको हो ।

अमेरिकामा यो बर्षमात्र बालबालिकाहरुका हातमा बन्दुक पुग्दा अन्जानमा र दुर्घटनावश गोली चलेका ४३ वटा घटना भएका छन् । जसमा १६ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

गतबर्ष बालबालिकाका हातमा बन्दुक पुग्दा अन्जानमा दुर्घटनावश अमेरिकाभर ३७९ वटा घटना भएका थिए । जसमा १५४ जनाको मृत्यु भएको थियो भने २४४ जना घाइते भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com