ओमिक्रोन भेरियन्टको बीए टु भर्सन अमेरिका र बाहिरका देशहरुमा बढ्दो, के डराउनुपर्ने अवस्था हो ?


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको बीए टु भर्सन अमेरिका र बाहिरका देशहरुमा बढ्दो अवस्थामा देखिएको छ । हङकङ, यूके लगायतका देशमा कोरोना संक्रमणको पछिल्लो बृद्धिमा ओमिक्रोनको यो भेरियन्ट जिम्मेबार रहेको ठहर गरिएको छ ।

यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुशार ओमिक्रोन भेरियन्टको बीए टु भर्सन यस अगाडिको बीए वान भर्सनको तुलनामा ८० प्रतिशत बढी संक्रामक रहेको पाइएको छ । बीए वान भर्सनले अमेरिकामा डिसेम्बरको अन्तिमसातादेखि संक्रमण उच्च बनाएको थियो । अहिले यूके र कैयन युरोपियन देशमा नयाँ भर्सन बीए टुले संक्रमण दर र अस्पताल भर्ना हुने दर बढाएको छ ।

तथ्यांकहरु हेर्दा अगाडिको बीए वानको तुलनामा बीए टुका कारण अस्पताल भर्ना हुने दर भने कम नै पाइएको छ । तर जोखिममा रहेका व्यक्तिमा संक्रमण भएमा भने खतरा हुनसक्ने स्वास्थ्यविदहरुको चेतावनी दिएका छन् । ६५ बर्षभन्दा माथिका व्यक्ति बढी जोखिममा रहेको भन्दै फाइजर र मोडेर्नाले बढी उमेरका व्यक्तिलाई चौथो डोजको स्वीकृतिका लागि अमेरिकाको एफडीए समक्ष अनुरोध गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हङकङ पछिल्लो भर्सन बीए टुका कारण गम्भिर लहरको चपेटामा छ । हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुने दर विश्वमै बढी रहेको छ । तर अमेरिकामा भने हङकङमा जस्तो यो भर्सनले आक्रमण गर्ने अपेक्षा गरिएको छैन । हङकङले अमेरिकामा बनेको भ्याक्सिन नभई फरक प्रकारका मिश्रण भ्याक्सिनमा भर परेको छ । त्यहाँ चाइनिज भ्याक्सिनमा बढी भर परिएको छ ।

सीएनएनले विश्लेषण गरेको संघीय तथ्यांक अनुशार अमेरिकामा मात्र २ करोड ८० लाख बढी उमेरका व्यक्तिहरु कोरोना संक्रमणबाट सिकिस्त हुने जोखिममा रहेका छन् । उनीहरुले भ्याक्सिन नलगाएका कारण, आंशिक रुपमामात्र भ्याक्सिन लगाएका कारण वा भ्याक्सिनको दोश्रो वा तेश्रो डोज लगाएको ५ महिना नाघिसकेका कारण उच्च जोखिममा रहेका हुन् ।

पछिल्ला अध्ययनहरुले समय बित्दै गर्दा भ्याक्सिनको प्रभावकारिता घट्दै गएको पत्ता लगाएका छन् । दोश्रो डोज लगाएको ६ महिना नाघेपछि भ्याक्सिन ओमिक्रोन भेरियन्टबिरुद्ध १० प्रतिशतमात्र प्रभावकारी रहेको पाइएको छ ।

कोरोनाबिरुद्धको बुस्टर डोजले संरक्षणलाई पुनस्थार्पित गरिदिएको छ । तर ओमिक्रोनको संक्रमण रोक्न ४० देखि ५० प्रतिशतमात्र प्रभावकारी रहेकाले विज्ञहरुले दीर्घकालिन संरक्षणबारे प्रश्न उठाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com