होली पर्व : पहाडमा आज, तराईमा भोलि किन ?


प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार

फाल्गुण शुक्ल पूर्णिमाका दिन होली पर्व मनाइन्छ । यो पर्व नेपालमा दुई दिन मनाइन्छ । हिमाल र पहाडमा यो पर्व अघिल्लो दिन मनाइन्छ भने त्यसको भोलिपल्ट तराईमा धुमधामसँग मनाइन्छ ।

फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

वराह पुराणका अनुसार पाटवास–विलासिनी खेलको रूपमा रहेको फागुपूर्णिमा फागुन शुक्ल पूर्णिमाको दिन मनाइरहँदा तराई भेगमा किन भोलिपल्ट मनाइन्छ  होली ? एउटै चाड किन फरक-फरक दिनमा मनाइन्छ भन्ने जिज्ञाशा धेरैलाई हुनसक्छ ?

फागु पर्वको परम्परा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

किन मनाइन्छ फरक दिन ?

धार्मिक ग्रन्थहरूमा फागु पूर्णिमा एकदिन मात्रै मनाउने उल्लेख भए पनि यो सबैले स्वीकारेको निर्विवाद संस्कृतिको रूपमा विकास भइसकेको छ । हिन्दू धर्मअन्तर्गत मनाइने हरेक चाडपर्वका बारेमा निर्णय गर्ने निर्णयसिन्धुले पनि होलीलाई एक दिने पर्वको रूपमा उल्लेख गरेको छ । उक्त ग्रन्थको ३०८ औं पृष्ठमा पूर्णिमाको दिन फागुपूर्णिमा मनाउने चलन रहेको उल्लेख गरेको छ ।

संस्कृतबिद्हरुका अनुसार पहाडमा फागुपूर्णिमा र तराईमा होली फरक दिन मनाउनुको २ वटा कारण छन् । एउटा त जात्राका कारण भोलिपल्ट मनाउने चलन बसेको हुन सक्छ । अर्काेतर्फ अघिल्लो दिन साँझ होलिका दहन गरिसकेपछि त्यसको भोलिपल्ट त्यसैको खुसीयालीमा होली पर्व मनाउने गरिएको हुन सक्छ । साँझमा रंग लगाउनुभन्दा पनि भोलिपल्ट मनाउने चलन बसेको हुन सक्ने उनीहरुको तर्क छ ।  ‘होली परिवार र साथीभाइकाबीचमा सद्भाव बाँड्ने पर्व हो । पूर्णिमाको दिन जात्राका कारण मनाउन नसकेको रंगीन पर्वलाई भोलिपल्ट साथीभाइसँग बसेर मनाउन थालियो । यसरी नै तराईमा भोलिपल्ट मनाउने संस्कृति हुन सक्ने तर्क गरिन्छ ।

मिथिलामा तीन दिन होली
मधेश प्रदेशमा यसपालि लगातार तीन दिन ‘होली’ पर्व मनाइने भएको छ । तिथि र मध्यमा परिक्रमाका कारण गर्दा यसपालि लगातार तीन दिन पर्वको तयारी देखिएको हो । मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मूल मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन् । मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर्गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ । यसअनुसार आज जनकपुरधाम आइपुगेको परिक्रमा भोलि अन्तर्गृह परिक्रमा गरेर शनिबार होली मनाउने तयारीमा छ ।

छोड्दो पूर्णिमा तिथिमा पर्वते समुदायले र मधेशी समुदायले उदाउँदो पूर्णिमा अर्थात् चैत कृष्ण प्रतिपदाका तिथिमा होली मनाउने परम्परा भए पनि जनकपुर क्षेत्रमा अन्तर्गृह परिक्रमाको भोलिपल्ट पर्व मनाइने गरिन्छ । यसअनुसार शनिबार पनि होली खेलिने भएको छ । “माध्यमिकी परिक्रमाका यात्री डोलासहित आज जनकपुर आए, अब भोलि अन्तर्गृह परिक्रमा हुनेछ, त्यसैले यहाँ शनिबार होली मनाइने छ”, मोफसलका पत्रकार वीरेन्द्र रमणले भन्नुभयो । तिथि घटबढ र परिक्रमा परम्पराले पर्व लगातार तीन दिन परे पनि यहाँ सांस्कृतिक घुलमिलले सबै ‘होली’ मा मिसिन्छन् । मधेश आजदेखि नै होलीको रङमा रङ्गिँदो छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com