न्युयोर्क सिटीमा अनलाइनबाट युवती भेट्न गएका युवालाई बन्धक बनाएर १ लाख डलर माग


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

न्युयोर्क सिटीमा अनलाइनबाट युवती भेट्न गएका एक युवालाई बन्धक बनाएर १ लाख डलर फिरौती मागिएको छ । उक्त युवतीविरुद्ध हत्याको प्रयास गरेको अभियोगमा मुद्दा दायर गरिएको छ ।

२२ बर्षकी ती युवतीले अनलाइनमा च्याट गरेर २४ बर्षका एक युवालाई आफ्नो अपार्टमेन्टमा बोलाएकी थिइन् । ब्रोंक्समा रहेको अपार्टमेन्टमा आएका ती युवालाई बन्धक बनाएर उनका भाईसँग १ लाख डलर फिरौती मागिएको थियो ।

भ्यालेरी रोजारियो नामकी ती युवतीको अपार्टमेन्टमा पुगेका २४ बर्षका युवालाई तीनजना पुरुषहरु भित्र छिरेर कुटपिट गरेका थिए भने पेस्तोल समेत ताकेका थिए । त्यसपछि ती युवालाई नांगै बनाएर बाथटवमा बस्न लगाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ती युवामाथि प्रज्जवलनशील पदार्थ खनाएर आगो समेत लगाइदिएको जनाइएको छ । युवती र पुरुषहरुको समुहले पीडित युवालाई घण्टौंसम्म यातना दिएको जनाइएको छ । युवालाई शरीरका विभिन्न भागमा चक्कु समेत हानिएको थियो ।

उनीहरुले पीडित युवाका भाईलाई भिडियो कल गरेर १ लाख डलर फिरौती मागेका थिए । युवतीले पीडित युवालाई इन्स्टाग्राममा देखेर शिकार बनाएको जनाइएको छ । ती युवाले इन्स्टाग्राममा आफ्नो पैसा देखाउने गरेका थिए ।

न्युयोर्क सिटीको प्रहरीले क्वीन्समा पार्क गरिराखेको एउटा गाडीमा एकजना आक्रमणकारीलाई भेट्टाउन सफल भएका थिए । पीडित युवालाई प्रहरीले गाडीको पछाडि कम्बलमा बेरेको अवस्थामा अचेत भेटाएको थियो । युवतीलाई त्यसपछिमात्र पक्राउ गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com