अमेरिकी संसदमा जेलेन्स्कीको सम्बोधन: ‘हरेक दिन सेप्टेम्बर-११ जस्तो पीडा सहिरहेका छौँ’


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई आफ्नो देशलाई रूसी हवाई आक्रमणबाट जोगाउन नो-फ्लाई जोन घोषणा गर्न  भावपूर्ण अपील गरेका छन् । भिडिओ सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी फौजको आक्रमणबीच आफ्नो देशले हरेक दिन सेप्टेम्बर-११ को जस्तो पीडा सहिरहेको बताए।

‘मेरो एउटा सपना छ, यी शब्दहरू आज तपाईंहरू प्रत्येकलाई थाहा छ म भन्न सक्छु। मलाई एउटा आवश्यकता छ, मलाई हाम्रो आकाशको रक्षा गर्नु छ। मलाई तपाईंको निर्णय र सोही अनुरूपको मद्दत पनि चाहिन्छ,’उनले अमेरिकी कङ्ग्रेसलाई भर्चुअल भाषणमा सो आग्रह गरेका हुन।

जेलेन्स्कीले बुधबार अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो समेत देखाएका छन् । भिडियोमा भग्नावशेष भवनहरू , बालबालिकाहरुको बिचल्ली , घाइते  नागरिकहरूको कारुणिक दृष्य देखाइएको थियो । सो भिडियोको अन्तिम फ्रेममा नो-फ्लाई जोनको अपीलमा ‘आकाश बन्द गर्नुहोस्’ शब्दहरू देखाइएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com