युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गर्दै, यस्ता छन् चासोका मुद्दा


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बुधबार अमेरिकी संसदमा सम्बोधन गर्दैछन् । न्युयोर्क समय अनुशार विहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेलेन्स्कीले युक्रेनबाटै भर्चुअल रुपमा सम्बोधन गर्नेछन् ।

पूर्वी युरोपियन देशका नेताले रसियन हस्तक्षेपविरुद्ध संघर्ष गरिरहेको बेला अमेरिकन सांसदहरुलाई सम्बोधन गर्ने घटनालाई दुलर्भ क्षणका रुपमा लिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ दशमलव ६ बिलियन डलर सहायता समेटिएको बृहत खर्च विधयेकमा हस्ताक्षर गरेको भोलिपल्ट यो सम्बोधन हुन लागेको हो ।

सम्बोधनका क्रममा जेलेन्सीले थप हतियारका लागि आव्हान गर्ने अपेक्षा गरिएको छ । त्यस्तै नो फ्लाइ जोन जस्ता कदमहरूको लागि आव्हान गर्ने पनि अपेक्षा गरिएको छ । उनले लडाकू जेटको सहायताका लागि आव्हान गर्ने सम्भावना रहेको छ, जुन यस अगाडि बाइडेनले अस्वीकार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनका नेताहरुले शोभियत निर्मित हतियारहरु आफ्नो देशलाई प्रदान गर्न अमेरिकासमक्ष आग्रह गर्दै आएका छन् । त्यस्तै एमआईजी लडाकू जेट र एस ३०० मिसाइल प्रणाली प्रदान गर्न समेत अमेरिका समक्ष आग्रह गर्दै आएका छन् । तर अमेरिकाले त्यस्ता हतियार प्रणाली युक्रेनलाई सहयोग गरेको छैन ।

बुधबारको सम्बोधन अगाडि अमेरिकाका रिपब्लिकन सांसदहरुले बाइडेन प्रशासनलाई पत्र लेख्दै युक्रेनलाई शोभियत र रसिया निर्मित हतियार प्रणाली सहायता गर्न आव्हान गरेका छन् । आजको सम्बोधनमा जेलेन्स्कीले घरमा बसेर टेलिभिजन हेर्न अमेरिकनहरु र अमेरिकी सांसदहरुलाई विशेष अनुरोधका लागि समय उपयोग गर्ने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीले अमेरिकी संसदलाई रसियाबिरुद्ध कडा प्रतिबन्ध लगाउनका लागि आव्हान गर्ने सम्भावना समेत रहेको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् । किनभने बाइडेनसँगको पछिल्लो कुराकानीमा उनले रसियाबिरुद्ध थप प्रतिबन्धको अनुरोध गरेका थिए ।

त्यस्तै युक्रेनका शरणार्थीहरु स्वीकार गर्नका लागि पनि जेलेन्स्कीले आग्रह गर्नसक्ने सम्भावना रहेको छ । किनभने रसियन हस्तक्षेप सुरु भएपछि फेबु्रअरी २४ पछिमात्र ३० लाखभन्दा धेरैले युक्रेन छाडेका छन् । पोल्याण्डमा मात्र १८ लाखभन्दा धेरै युक्रेनीहरु प्रवेश गरेका छन् भने अमेरिकी विदेशमन्त्रीले युक्रेनी सरणार्थीहरुका लागि मंगलबार १८६ मिलियन डलरको थप मानवीय सहायताको घोषणा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com