रूस यूक्रेन युद्धले तेलको मूल्यमा वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतालाई भेट्ने


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ ।

रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्न थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उहाँको यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी आइपुग्नुभएको छ । उहाँ यतैबाट रियादपनि जानुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उहाँको भ्रमणका हुन लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा सामूहिक मृत्युदण्डमा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएका छन् ।

सन् २०१८ मा साउदी पत्रकार जमाल खासोगीको हत्या भएदेखि रियाद भ्रमण गर्ने केही पश्चिमी नेताहरूमध्ये एक बनेपछि जोन्सनले वास्तविक साउदी नेता राजकूमार मोहम्मद बिन सलमानलाई पनि भेट्नुहुनेछ ।

खासोग्गीको हत्यामा साउदी अरबलाई ‘परिया’ राज्यको रूपमा व्यवहार गर्ने बताएको अमेरिकी प्रशासनको नेतृत्व गरेका राष्ट्रपति जो बाइडेन र राजकुमार मोहम्मदबीच बाइडेनले पद ग्रहण गरेदेखि औपचारिक सञ्चार भएको छैन ।

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड रयुक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्नुहुनेछ । विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएईअहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘निष्ठुर’ आक्रमणको प्रभाव यूरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताउनुभएको थियो ।-एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com