रुसी हमला युक्रेनीहरूका लागि दुःस्वप्न भन्दा कम छैन : रेड क्रस


प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका महानिर्देशक रोबर्ट मार्डिनीले युक्रेनको अवस्था देखेर भने , हाल युद्धग्रस्त शहरहरूमा बसोबास गर्ने मानिसहरूले निकै ठूलो संकटको सामना गरिरहेका छन्  । अधिकारीहरूले नागरिकहरूलाई बाहिर निकाल्न र मानवीय सहायता पुर्‍याउनका लागि अग्रपंक्तिहरूमा सुरक्षित मार्गको अनुमति दिने निर्णय गरेका छन् तर त्यो अवस्था छैन ।’

महानिर्देशक रोबर्ट मार्डिनीले यस युद्धबाट विशेष गरी नराम्ररी प्रभावित मारिउपोलमा खानेपानी, खाना, औषधि र इन्धनको अभावको सामना गरिरहेकाहरूका नागरिकहरुको लागि ‘दुःखान्त’ भनी वर्णन गरे। उनका अनुसार मेडिकल सेन्टरलाई पनि निशाना बनाइएको छ ।

मार्डिनीले भने, रेड क्रसले रुसी र युक्रेनी नेताहरूसँग निरन्तर कुराकानी गरिहेको छ, तर भिषण लडाइँले घेरिएका मारिउपोल र केही अन्य क्षेत्रहरूबाट मानिसहरूलाई बाहिर निकाल्नको लागि बाटो खुलेको छैन ।

संयुक्त अरब इमिरेट्सको दुबई भ्रमणमा रहेका रेडक्रसका महानिर्देशकले भने, ‘मानिसहरूलाई आश्रयको ठूलो खाँचो छ, उनीहरुको उद्धार गर्न सकिएको छैन, यसरी स्थिति भयाभ हुँदै जान सक्छ।’

ूइतिहासले मारियुपोल र अन्य शहरहरूमा के भइरहेको छ भनेर हेरिरहेको छ। द्वन्द्व होस् वा युद्धविराम नागरिकको सुरक्षा र सुरक्षित निकासीका लागि व्यवस्था हुनु नितान्त आवश्यक छ ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com