अमेरिकाले नेपाललाई ‘वैदेशिक सैन्य’ शीर्षकमा दिने रकम मानवीय सहायतामा लगाउने


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

अमेरिकाले नेपाललाई वैदेशिक सैन्य सहायता अन्तरगत दिने रकम मानवीय र प्रकोप राहतमा मात्र लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आज हस्ताक्षर गरेको बृहत खर्च विधयेकमा नेपाललाई अमेरिकाले गर्ने सहायताबारेको विषय समेत समेटिएको हो ।

विधयेकमा भनिएको छ – ‘वैदेशिक सैन्य वित्तिय कार्यक्रम अन्तरगत विनियोजन गरिएको रकम नेपालका लागि मानवीय सहायता र विपद् राहत, पुनर्निर्माण गतिविधिहरू, अन्तर्राष्ट्रिय सहयोगमा शान्ति स्थापना, सैन्य व्यावसायिकता र तालिम, सीमा सुरक्षा गतिविधिहरूका लागिमात्र उपलब्ध गराइनेछ ।’

यदि नेपाल सरकारले नेपाली सेनाबाट भएका मानवअधिकार उल्लंघन र युद्धको नियम उल्लंघनका घटनाहरुको अनुसन्धान र कारवाही गरिरहेको तथा त्यसका लागि नेपाली सेनाले न्यायिक निकायसँग समन्वय तथा सहयोग गरेको रिपोर्ट अमेरिकी विदेशमन्त्रीले प्रमाणित गरेको खण्डमा भने वैदेशिक सैन्य वित्तिय कार्यक्रम अन्तरगत विनियोजन गरिएको रकम अन्य क्षेत्रमा समेत प्रयोग गर्न सकिने प्रष्ट पारिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाललाई समेट समेटिएको बिलमा हस्ताक्षर गर्दै बाइडेन ।

गतबर्षको बजेटमा नेपालको सहयोगका लागि कम्तीमा १३ करोड २ लाख ६५ हजार डलर छुट्याइएको थियो । नेपालको विकाश र प्रजातन्त्रको कार्यक्रमका लागि उक्त रकम छुट्याइए पनि यो बर्ष भने नेपाललाई उक्त प्रकारको सहायता रकम छुट्याइएको छैन ।

त्यस्तै आर्थिक सहायता फण्डमार्फत कम्तीमा अर्को ८० लाख अमेरिकी डलर नेपाल र भारतमा रहेका तिब्बतीहरुको संस्कृति र भाषाको संरक्षणका लागि प्रदान गरिने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com