जेलेन्स्कीले सहयोगको अपिल गर्दै भने ,’कल्पना गर्नुहोस् तपाईंको देशमा बम खसिरहेको छ के गर्नु हुन्छ ?’


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्यानडालाई सहयोगको अपिल गरेका छन् । जेलेन्स्कीले मंगलबार क्यानाडालीहरूलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गर्दै भने, ‘के तपाईं त्यो परिस्थितिको कल्पना गर्न सक्नु हुन्छ ? तपाईं र तपाईका बच्चाहरूले भयानक विस्फोट, एयरपोर्टमा बमबारी,  ओटावा एयरपोर्ट बम विस्फोटको आवाज ! त्यसैगरी दैनिक हताहतको बारेमा जानकारी ?

जेलेन्स्कीले भने, के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? टोरन्टोको प्रख्यात सीएन टावरमा रुसी बम खसालेको अवस्थामा कस्तो होला ? तर हाम्रो वास्तविकता यही हो।

उनले क्यानडाको संसद र सरकारलाई रुसमाथि थप आर्थिक र सैन्य दबाब दिन पनि आग्रह गरे। यसैगरी जेलेन्स्कीले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र सांसदहरूलाई युक्रेनमा नो-फ्लाई जोन बनाउन मद्दत गर्न आग्रह गरे।

उनले क्यानडालाई मानवीय र सैन्य सहयोगका लागि धन्यवाद दिए र देशलाई बलियो सहयोगी भएको बताए। जेलेन्स्कीको भिडियो क्यानाडाको संसदमा ठूलो पर्दामा प्रस्तुत गरिएको थियो।  उनको सम्बोधन अघि नै क्यानडाका सांसदहरु उनलाई अभिवादन गर्न उठका थिए । ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनमा युद्ध छेडेको भन्दै क्यानडाले रुसमाथि धेरै प्रतिबन्ध लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले १५ रुसी अधिकारीमाथि कडा प्रतिबन्ध लगाएको बताएका छन् ।

यो अवैध युद्धमा सरकारी र सैन्य अभिजात वर्गहरू समावेश छन्, ज ट्रुडोले भने क्यानडाबाट प्रतिबन्धित रूसी व्यक्ति र संस्थाहरूको कुल संख्या अब ५०० पुगेको छ। यससँगै रुसले ट्रुडोसहित धेरै क्यानाडाली अधिकारी र नेताहरूमाथि पनि प्रतिबन्ध लगाएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com