बाइडेनबाट १३ बिलियन डलर युक्रेनलाई सहायतासहितको बृहत खर्च विधयेकमा हस्ताक्षर


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई १३ दशमलव ६ बिलियन डलर सहायता समेटिएको बृहत खर्च विधयेकमा मंगलबार हस्ताक्षर गरेका छन् । विधयेकमा हस्ताक्षर गर्दै बाइडेनले अमेरिकाले युक्रेनका साहसी जनतालाई आफ्नो देशको रक्षाका लागि सहयोग गर्न तुरुन्तै अगाडि बढिरहेको नयाँ सहायताले देखाउने बताएका छन् ।

एउटा मुलुकका रुपमा डेमोक्र्याट, रिपब्लिकन र स्वतन्त्र सबैजना एकसाथ आउनसक्ने र ठूला काम गर्नसक्ने कुरा अमेरिकी जनतालाई देखाउन सफल भएको बाइडेनले बताएका छन् । संयुक्त राज्य अमेरिकाको रुपमा सँगै काम गर्दा आफूहरुले गर्न नसक्ने कुनै पनि काम नरहेको बाइडेनले बताए ।

यो विधयेक सिनेटमा रिपब्लिकन सांसदहरुको सहायतामा पारित भएको थियो । सिनेटमा विधयेकका पक्षमा ६८ जनाले र विपक्षमा ३१ जनाले मतदान गरेका थिए । अमेरिकाको सरकार शटडाउन हुन नदिन तीनवटा विधयेकहरु पारित गरेलगत्तै ओम्निबस नामको यो विधयेक पारित गरिएको थियो । ओम्निबस विधयेकले गत अक्टोबरमा सुरु आर्थिक बर्ष २०२२ भरका लागि सरकार संचालन लगायतका लागि खर्च प्रदान गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो विधयेकमा समेटिएको नयाँ कोषले युक्रेन र यस क्षेत्रका सहयोगीहरूलाई थप मानवीय, सुरक्षा र आर्थिक सहायता प्रदान गर्नेछ। सहायता प्याकेजको लगभग आधा रकम यस क्षेत्रमा सेना परिचालन गर्न र युक्रेनमा रक्षा उपकरण पठाउन प्रयोग गरिने छ ।

अमेरिकाले युक्रेनमा रुसको आक्रमण अघि र दौरानमा युरोपभरि हजारौं सेना तैनाथ गरेको छ। तर नेटेको सदस्य समेत नरहेको युक्रेनको भूमिमा सेना राख्न भने अमेरिका र यसका पश्चिमी सहयोगीहरू इच्छुक छैनन्।

प्याकेजको बाँकी आधार रकमले युक्रेनबाट भागेका शरणार्थीहरू र देश भित्र विस्थापित मानिसहरूलाई मानवीय सहायता प्रदान गर्नेछ । उक्त रकम आपतकालीन खाद्य सहायता सहित युक्रेन र छिमेकी देशहरूमा साइबर सुरक्षा र ऊर्जाका विषय सम्बोधन गर्ने आर्थिक आवश्यकताहरू पूरा गर्न खर्च गरिनेछ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार अमेरिकी संसदमा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । उक्त सम्बोधनका क्रममा जेलेन्सीले नो फ्लाइ जोन जस्ता कदमहरूको लागि आव्हान गर्ने र लडाकू जेटको सहायताका लागि आव्हान गर्ने सम्भावना रहेको छ, जुन यस अगाडि बाइडेनले अस्वीकार गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com