लन्डनमा मस्जिद नजिक भयानक दुर्घटना


प्रकाशित मिति : असार ५, २०७४ सोमबार

असार ५, २०७४- उत्तरी लन्डनको मस्जिद बाहिर एउटा भ्यानले पैदलयात्रुहरुमाथि ठक्कर दिँदा एकको मृत्यु भएको छ भने केही घाइते भएका छन्। प्रत्यक्षदर्शीले कम्तीमा दशजना घाइते भएको बताएका छन् । लन्डन एम्बुलेन्स सर्भिसले ८ जना घाइतेको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

फिन्सबरी पार्क मस्जिद बाहिर रमदान प्रार्थना सकेर फर्किएका श्रद्धालुहरुमाथि भ्यान कुदाइएको समाचारमा जनाइएको छ ।

मेट्रोपोलिटन प्रहरी प्रवक्ताले आइतबार राति १२.२० बजे घट्ना भएको जनाएका छन् । ती प्रवक्ताले घट्नामा कयौं घाइते भएका र ४८ वर्षीय एक चालकलाई गिरफ्तार गरिएको जनाए । प्रहरीले घट्नाको अनुसन्धान थालेको छ । घट्नास्थलमा प्रहरी र एम्बुलेन्सका कयौं गाडी देखिएका छन् भने सेभेन सिस्टर्स रोड बन्द गरिएको छ ।

प्रधानमन्त्री टेरेजा मेले डरलाग्दो घट्ना भन्दै सहानुभूति प्रकट गरेकी छन् भने विपक्षी लेबोर पार्टीका नेता जेरेमी कोर्बीनले घट्नाबाट अचम्भित भएको बताएका छन् । लन्डन मेयर सादिक खानले फिन्सबरी पार्कमा भएको एउटा गम्भीर दुर्घटनाबारे छानवीन भइरहेको ट्वीट गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ब्रिटेनको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई नियोजित ठक्कर दिएको जनाएको छ। मुस्लिम काउन्सिलका महासचिव हरुन खानले जानी जानी श्रद्धालुहरुमाथि भ्यान कुदाइनु आश्चर्यजनक र क्रुर भनेका छन् ।

केही साताअघिमात्र लन्डन ब्रीजमा आइसीस समर्थकहरुले पैदल यात्रुमाथि भ्यान कुदाइ बरो मार्केटमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जना मारिएका थिए । यसबाहेक कम्तीमा ५८ जना मारिने गरि भएको ग्रेनफेल टावर आगलागी घट्नाको साता दिन नबित्दै लन्डनले अर्को दु:खद घट्ना सामना गर्नु परेको छ ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com