युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते :रुसी विदेश मन्त्रालय


प्रकाशित मिति : चैत्र १, २०७८ मंगलबार

रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ।
सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका(यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ ।

युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।
रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ।

कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ।खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् ।

गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ्नो रक्षा गर्न मद्दतको लागि अनुरोध गरेपछि रुसले युक्रेनमा विशेष सैन्य कारबाही शुरु गरेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी रक्षा मन्त्रालयले विशेष अपरेसनले युक्रेनी सैन्य पूर्वाधारलाई मात्र लक्षित गरेको र सर्वसाधारण नागरिक खतरामा नरहेको बताएको छ ।
यद्यपि पश्चिमी देशहरूले रुसीहरूको यी दावीहरूलाई अस्वीकार गरेका छन् र प्रतिक्रियामा पश्चिमी राष्ट्रहरूले मस्कोमा व्यापक प्रतिबन्धहरू लगाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com