न्युयोर्कको क्वीन्समा सेवाग्राहीबाट ६६ बर्षका वकिलमाथि चक्कु प्रहार गरेर हत्या
प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार
न्युयोर्कको क्वीन्समा आक्रोशित सेवाग्राहीले वकिललाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार विहान सेवाग्राहीले वकिललाई छातीमा पटकपटक चक्कु प्रहार गरेको जनाइएको छ ।
क्वीन्स फ्लासिङको ३९ एभिन्युमा कार्यालयमा रहेका ६६ बर्षका वकिलमाथि चक्कु प्रहार भएको हो । विहान पौने १२ बजे चक्कु प्रहार भएपछि वकिललाई तत्काल अस्पतालमा लगिएको थियो । त्यसपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

आक्रमणकारीलाई हिराशतमा लिइसकिएको छ । आक्रमण गर्ने व्यक्ति मारिएका वकिलका ग्राहक रहेको जनाइएको छ । घटनास्थलबाट २ वटा चक्कु बरामद गरिएको छ ।
उनीहरुबीच के कारणले विवाद भएको थियो भन्नेबारे प्रष्ट छैन । परिवारका सदस्यहरुलाई खबर नभइसकेकाले मारिएका वकिलको नाम पनि सार्वजनिक गरिएको छैन ।






