अस्ट्रेलियाले पनि लगाएको रुसका ३३ अर्बपति व्यापारीमाथि प्रतिबन्ध
प्रकाशित मिति : फाल्गुन ३०, २०७८ सोमबार
अस्ट्रेलियाले ३३ रुसी अर्बपति व्यापारी र उनीहरुका परिवारमाथि नयाँ प्रतिबन्ध लगाएको छ । यसमा प्रसिद्ध व्यापारी रोमन अब्रामोविच समावेश छन्।
अब्रामोभिच अर्बपतिको सूचीमा पर्छन् र उनी चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको अलवा कोरोबारी एलेक्सी मिलर, दिमित्री लेबेडेभ, सर्गेई चेमेजोभ, निकोले टोकरेभ, इगोर शुभालोभ र किरिल दिमित्रीभलाई प्रतिबन्ध लगाइएको छ ।
अष्ट्रेलियाले भन्यो , ‘आजको प्रतिबन्धले देशको ‘ठूलो व्यक्तिगत सम्पत्ति र रूसको लागि आर्थिक – रणनीतिक महत्व राख्नेहरूलाई रोक्ने प्रतिबद्धता’लाई पुष्टि गर्दछ।
अस्ट्रेलियाले भनेका छ,’अष्ट्रेलिया सरकारले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र युक्रेनका जनताको लागि आफ्नो दृढ समर्थन दोहोर्याउँछ।।’ यसअघि अष्ट्रेलिया, अमेरिका र बेलायतले पनि रुसी व्यापारीलाई प्रतिबन्ध लगाएका छन् ।






