इराकको इरबिलमा रहेको अमेरिकी वाणिज्य दूतावासमा मिसाइल प्रहार


प्रकाशित मिति : फाल्गुन २९, २०७८ आईतबार

इराकी सुरक्षा अधिकारीहरूले भनेका छन् ‘देशको उत्तरमा स्वायत्त कुर्द क्षेत्रको इरबिल शहरमा रहेको अमेरिकी वाणिज्य दूतावासमा धेरै मिसाइलहरू प्रहार गरिएको छ। यीमध्ये धेरै मिसाइलहरू भवनमा खसेका छन्।

सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा अमेरिकी वाणिज्य दूतावास नजिकै भयानक विस्फोटको आवाज सुनिन्छ ।

यद्यपी यी क्षेप्यास्त्रको निशाना के थियो भन्ने अहिलेसम्म पुष्टि भएको छैन । माचार एजेन्सी रोयटर्सका अनुसार  कुर्दिस्तानको काउन्टर टेररिज्मका महानिर्देशकलाई उद्धृत गर्दै इरबिललाई लक्षित गरी इराक बाहिरबाट १२ ब्यालेस्टिक मिसाइल प्रहार गरिएको बताएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रोयटर्सका अनुसार यसअघि कुर्दिश अधिकारीहरूले एर्बिलमा धेरै रकेट खसेको बताएका थिए। यसैबीच, समाचार एजेन्सी एएफपीका अनुसार काउन्टर टेररिज्मले यी मिसाइलहरू पूर्वबाट आएको बताएको छ। एएफपीले यसबाट केही क्षति भएको तर कुनै पनि जनधनको क्षति नभएको जनाएको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यसलाई ‘क्रूर आक्रमण’ भनेका छन् । एएफपीका अनुसार विगतमा इराकमा अमेरिकी नेतृत्वको गठबन्धन सेनामाथि रकेट र ड्रोन आक्रमण भएका छन्। अमेरिकाले यी मिसाइलहरू इराकको छिमेकी इरानबाट प्रहार गरेको आरोप लगाएको छ । आक्रमणमा हालसम्म कुनै हताहतीको खबर आएको छैन ।

यसअघि सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हमलामा इरानको रिभोलुसनरी गार्डका दुई सदस्यको मृत्यु भएको थियो । त्यसबेला इरानले आक्रमणको कडा निन्दा गर्दै यसको बदला लिने बताएको थियो।

रोयटर्सका अनुसार पछिल्लो पटक सन् २०२० को जनवरीमा अमेरिकी सुरक्षा बलहरूमा ब्यालिस्टिक मिसाइलहरू प्रहार गरिएको थियो। अमेरिकी आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि यो हमला गरिएको हो । त्यसबेला कुनै पनि अमेरिकीले ज्यान गुमाएको थिएन तर टाउकोमा चोट लागेको थियो ।

इराक र सिरिया प्रायः अमेरिका र इरानबीचको भिडन्तको निशाना बनेका छन्। इरान समर्थित शिया मिलिशियाहरूले दुवै देशमा अमेरिकी सुरक्षा बललाई निशाना बनाइराखेका छन् ।

इरबिलका मानिसहरूले धेरै ठूला विस्फोटका भिडियोहरू अनलाइन सार्वजनिक गरे।  यद्यपि, रोयटर्सले यी भिडियोहरूको पुष्टि गरेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com